ताजा खबर

पोखरामा ६ लेनको बिच सडक भासियो, गाडी खस्यो


पौष ६ गते बिहिबार बिहान पोखरा को मुटु जिरो किलोमिटरमा बिच बजार मा सडक भासिएको छ ।  भर्खर मात्र ६ लेन को बाटो सम्पन्न भएको जिरो  किलोमिटरमा एक्कासी सडक धसिएको हो ।

सडक धसिने बेला भासिने ठाउमा पानी को ट्यान्कर रोकी राखेको थियो । जुन सडक भासिदा गाडी समेत खसेको थियो । केहि समय पछी नै गाडी भने निकालिएको छ । यसरि सडक भसिएको भने पहिलो पटक भने हैन । यस अघी पनि बेला बेलमा सडक र जमिन भासिने गरेको थियो ।

जमिन मुनी पनि को पाइप बाट लगातार रुप मा पानी बगिरहेको देख्न सकिन्छ, त्यसै कारण सडक भासिएको अनुमान लगाइएको छ । बाहिर बाट सडक भाशिएको देखिए पनि भित्र जमिन मुनी खोक्रो भैसकेको छ । कुनै पनि बेला सडक सम्पूर्ण रुपमा धसिने सम्भवना रहेको छ ।

हेर्नुस भिडियोमा






No comments