ताजा खबर

कतारमा कामदार समस्या, १३ सय नेपालीको रोजगारी गुम्यो

Loading...


असोज ३०, कतारमा रहेको यु्नाइटेड क्लिनिङ कम्पनी धराशायी हुँदा करिब १३ सय नेपालीसहित २५ कामदारको रोजगारी गुमेको छ। युनाइटेड कम्पनीमा युनाइटेड क्लिनिङ कम्पनीमा नेपालीसहित अन्य मुलुकका कामदार कार्यरत छन्, फिलिपिन्स, बंगलादेश, श्रीलंका र अफ्रिकी देशका नागरिक कार्यरत छन् । कम्पनीले कामदारको तीन महिनाको तलब भुक्तानी नगर्नुको साथै आवसीय अनुमतिपत्र (भिसा) नवीकरण गरेको छैन । 

पीडितहरूले तलबसहित स्वदेश पठाइदिनका लागि कतारको श्रम विभाग र अदालतमा उजुरी दिएका छन् । पीडितले स्वदेश पठाइदिन वा अर्को कम्पनीमा काम गर्नका लागि ‘रिलिज’ दिलाइदिन नेपाली दूतावासलाई अनुरोध गरेको छ ।

बैदेशिक रोजगारको डिमान्ड हेर्न यहाँ क्लिक गर्नुस 

कम्पनी धरासायी भएपछि रोजगारी गुमाउनेमध्ये ३ सय नेपाली महिला छन्। सम्पर्कमा कम्पनीका जिम्मेवार व्यक्ति आइरहेका छैनन्, क्याम्पमा बत्ती छैन, गर्मीमा एसी छैन। कम्पनी ले गएको ‘अगस्टदेखि त तलब दिएको छैन । काम पनि दिएको छैन ।

तीनमहिनादेखि कामदारले न त तलब पाएका छन् न त आवासीय भिसा नविकरण नै भएको छ। यो खबर होम कार्कीले आजको कान्तिपुर दैनिकमा लेखेका छन्।

कामदारहरुले तलब पाउनुपर्ने र स्वदेश फिर्ताको व्यवस्था हुनुपर्ने भन्दै कतारको श्रम अदालतमा दायर मुद्दा पीडितको पक्षमा फैसला दिए पनि कम्पनीले फैसला कार्यान्वयन गर्ने क्षमता नभएको पिडित हरुले बताए । 

Loading...

No comments