ताजा खबर

यसरि भयो नेपाल आइडललाइ बेलायतमा भब्य स्वागत | सबले खोले पोल एक अर्काको ( भिडियो सहित )

Loading...


पहिलो नेपाल आइडल बुद्ध लामा, सहित निशान भट्टराई, प्रताप दास र टप टेनमा पर्न सफल प्रमिला राई बुधबार बेलायत पुगेका छन । बेलायत विभिन्न सहरमा हुन गैरहेको कार्यक्रमका लागी नेपाल आइडलको टोली बेलायत पुगेको हो । नेपाल आइडलका टोली सहित उद्घोषक सुशील नेपाल, गायक विवेक श्रेष्ठलाई समेत आयोजकले बेलायत विमानस्थलमा स्वागत गरेको हो । नोभेम्बर १ मा बेलायत पुगेको टिम कार्यक्रम सकेर नोभेम्बर १५ मा नेपाल फर्किने छ ।

नेपाल आइडलको साङ्गितिक प्रस्तुती नोभेम्बर ३ देखी नोभेम्बर १२ सम्म ‘लाइभ इन यूके’ आयोजना हुँदैछ । कार्यक्रमको पहिलो शो शुक्रबार नोभेम्बर ३ मा अल्डरसटको एम्पायर हलमा, नोभेम्बर ४ शनिबार फोक्सटन ,नोभेम्बर ५ आइतबार ह्यारोमा, नोभेम्बर ११  रेडिङमा हुँदैछ भने अन्तिम शो नोभेम्बर १२ आइतबार प्लमस्टिडमा हुदैछ । नेपाल आइडलको शोव को अग्रिम टिकट लिनेलाई २० पाउण्ड र ढोकामा लिनेलाई २५ पाउण्ड टिकट दर तोकिएको छ । १० देखि १५ वर्षसम्मका बच्चाको हकमा भने १५ पाउण्ड मात्र लाग्ने बताएको छ । सबै शोहरु पूरा गरी सकेपछी आइडलका कलाकारहरु नोभेम्बर १५ मा नेपाल फर्किने कार्यक्रम तय छ ।

हेर्नुस भिडियो 




Loading...

No comments