ताजा खबर

गुडिरहेको बाइकमा बिजुलिको तार करेन्ट लागी गम्भीर घाइते बिष्णु बस्ताकोटिको मृत्यु ( भिडियो सहित )


पोखराको सडक माथी टागिएको तार ले एक जना निर्दोस ब्यक्ती को ज्यान लिएको छ । कुरा कारीब सढे २ महिना अघी को हो । सडक माथि टांगिएको करेन्टको तार एक्कासी चुडिएर गुडिरहेको बाईक माथि खसेको थियो । हजारौ वोल्ट को हाइटेन्सन तार गुडिरहेको बाइक मा खस्दा पोखरा लेखनाथ २० भलाम विष्णु बस्ताकोटी गम्भीर घाइते भएका थिए । यो दुःखद दुर्घटना गत साउन २६ गते पोखरा रानीपौवामा भएको  थियो । महेन्द्रपुल हुदै रानीपौवा तर्फ जाँदै गरेको ग ६ प ८१२८ नम्बरको मोटरसाइकल चालक बस्ताकोटी माथि तार खस्दा ज्यानमा करेन्ट प्रबाह भइ आगो नै बलेको थियो ।

हेर्नुस भिडियो
बस्ताकोटीलाई उपचार का लागी तत्कालाई मणिपाल लागिए पनि उपचार सम्भव नहुँदा दुई दिनपछि काठमाडौंको ग्राण्डी अस्पताल रिफर समेत गरियो । तर उपचारकै क्रममा हिजो राति घटनाको साढे दुई महिनापछि काठमाडौं स्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको छ ।

जथा भाबी तार झुन्ड्याउने तर मर्मत सम्भार नगर्ने विद्युत प्राधिकरण लगायत सरोकारवाला निकायको गम्भिर लापरबाहीको शिकार बने विष्णु बस्ताकोटी । घाइते बस्ताकोटी पोखरा १७ विरौटा स्थित शिशु निकेतन विद्यालयका शिक्षक हुन् । पोखरा १७ बस्ने उनी राष्ट्रिय माविमा पनि आबद्ध थिए । गम्भिर लापरबाही विरुद्ध शिशु निकेतन विद्यालयका शिक्षक र विद्यार्थीले पोखरा लेखनाथ महानगरपालिका ५ मा रहेको विद्युत प्राधिकरणको कार्यालयमा धर्ना समेत दिएका थिए। उनीहरुले दोषीलाई कडा कार्वाही, निःशुल्क उपचार तथा उचित न्यायको मागको माग राखेका थिए ।

यसरि एउटा सरकारी निकायको गल्ती ले एक सर्बसाधारण ले आकाल मा ज्यान गुमाउनु परेको छ । बिष्णु बस्ताकोती प्रती हाम्रो हार्दिक समबेदना ।

No comments