दलालको सेटीङमा छोरीहरु बेचिन्छन्, छोरी चेली वेचेको पैसालाई रेमिट्यान्स भन्छ (सिधाकुरा जनतासँग) भिडियोमा
मानिसहरु मानिस बेचिरहेका छन् तर मानिसहरु नै मौन छन् । देशका गाँउ गाँउमा दलालहरु बिटाका बिटा पैसा बोकेर छिरेका छन् । खल्ती भरी भएको पैसाले गाँउका छोरी चेली बेचेर आँफु धनी हुने सपना बोकेर सल्बलाएका दलालहरुलाई लखेट्नुको साटो उल्टै चिया, खाजा वा खाना खुवाएर स्वागत गरीरहेका छन् गाँउलेहरु ।
शिक्षाको उज्यालो पुग्न नसकेको गाँउका बा, काका, दाजुभाइलाई नै २÷४ पैसा दिएर र रक्सी खुवाएर उनैका छोरी चेली बेचिरहेका छन् मानिसहरु । प्रहरी र प्रसाशन छ, अनि डलरको आडमा कलर फेरीएका एनजीओ, आइनजीओहरुले पनि आआफ्नो पसल थापेका छन् गाँउमा । तर काम गर्ने अनुमती नै नपाएको देशमा गई विदेशीको गाली ,कुटाइ र विभिन्न खाले शोषणमा पर्न विवश छन् यो देशका छोरी चेलीहरु । छोरी बेचेर आएको पैसाले भट्टीमा हल्लिँदै छन् आफ्नै भनाउँदाहरु ।
बाकी हेर्नुस भिडियोमा
छोरी वेचेको पैसाले चलेका छन् गाँउघरका भट्टी पसल, लुगा पसल, दालचामल मर मसला पसल । छोरी वेचेको पैसालाई पनि सरकार रेमिट्यान्स भन्छ । बेचिएको छोरीले घरमा पठाएको पैसालाई पनि सरकार रेमीट्यान्स भन्छ । छोरी बेचेको पैसाले पनि देश चलेको छ । सिमानामा दलालसँग केही हजार लिएर छोरी बेच्नेहरुलाई जान दिइन्छ । यो बन्द गर्न नसकेपनि धेरै हदसम्म कन्ट्रोल गर्न सकिन्छ र कन्ट्रोल गर्न सक्ने निकायका प्रमुखहरुका पनि छोरी चेली छन् ।
दलालकै सेटिङमा देशको विमानस्थ्लबाट पनि छोरीहरु वेचिएर जान्छन् । बन्द गर्न सकिदैन तर कन्ट्रोल गर्न सक्ने निकायका प्रमुखहरुका पनि छोरी चेली छन् । नीति निर्माता, सिमा क्षेत्रका प्रमुखहरु, विमानस्थल, अध्यागमन, सुरक्षा निकाय सवका सबलाई थाहा छ कि दलालहरुको सेटीङमा काम गर्ने अनुमती नै नपाइने देशमा छोरीहरु वेचिन्छन् ।

No comments