ताजा खबर

सुपर ग्यास फ्याक्ट्रीमा आग्लागीमा, ३ को मृत्यु, यस्तो देखियो दृश्य


बिरगंज परवानिपुरको सुपर ग्यास आग्लागीमा परेर मृत्यु हुनेहरुको संख्या तीन पुगेको छ। घाइतेहरुको अवस्था भयावह छ। पाँच घन्टा पछि आगो नियन्त्रणमा आएको छ। 

आगलागी हुने बित्तिकै आगो निभाउनका लागि गएको वीरगञ्ज उपमहानगरपालिकाको वारुण यन्त्र ग्यास पड्किँदा जल्न पुगेको छ । 

ग्यास पड्किँदा दुईवटा शव उछिटिएर आएका थिए । प्रहरीका अनुसार दमकलमा रहेका दुई कर्मचारी यादव प्रसाद अधिकारी र मधुसुधन मिश्रको मृत्यु भएको छ ।








त्यस्तै, सञ्जीव नेपाल र अरुण कुमार महतो घाइते रहेका छन् । उनीहरुको वीरगञ्ज हेल्थ केयरमा उपचार भइरहेको छ । उनीहरुलाई थप उपचारका लागि काठमाडौँ लाने तयारी भइरहेको छ । अहिले काठमाडौँबाट हेलिकप्टर पनि वीरगञ्ज पुगेको छ ।

आगलागीका समय उद्योगमा कति कर्मचारी कार्यरत थिए भन्ने यकिन हुन सकेको छैन । ग्यास लिक भएर आगलागी भएको हुन सक्ने प्रहरीको अनुमान छ । तर, अझै यसको पुष्टि भएको छैन ।

No comments