अब फेसबुकबाट तपाईं यसरि कमाउनुस पैसा
यूट्यूवमा भिडियो राखे बापत पैसा पाउछ भनेर थाहा नहुने कोहोला ? तर तपाईं लाई सायद थाहा नहोला फेसबूकले पनि भिडियो अपलोड गरे बापत पैसा दिन्छ भन्ने तपाइलाई थाहा नहोला । अब फेसबुक यूट्यूवको विकल्पको रुपमा आम्दानिको श्रोत बन्ने भएको छ । यूट्यूवलाई टक्कर दिनकै लागि फेसबुकले आफ्नो भिडियो वेबसाइट फेसबुक क्रिएटर लञ्च गरेको छ । यसमा तपाईले आफ्नो भिडियो अपलोड गर्न सक्नुुहुन्छ, मोनेटाइज गरी पैसा कमाउन सक्नु हुन्छ । फेसबुकमा तपाइ को फलोअर्स धेरै भएको खन्डमा सायद तपाइले यूट्यूवमा भन्दा बढी पैसा कमाई गर्न सक्नुुहुन्छ ।
युरोप अमेरिकामा उपलब्ध यो सुबिधा अब सबै का लागी खुला हुने भएको हो । तर, अहिले तत्कालका लागी www.facebook.com/creators रजिष्ट्रेसन मात्र गर्न सकिन्छ । फेसबुकले निकट भविष्यमै सबैलाई यसबाट आम्दानी गर्न दिनेछ ।
फेसबुक क्रिएटरले ४ तरिकाले कमाई गर्ने सक्नेछन । ब्राण्डेड कन्टेन्ट, मर्चेन्डाइज, टूर्स तथा एड ब्रेक्स । यसमा एड ब्रेक्स सबैभन्दा महत्वपूर्ण हुन्छ, किनभने अधिकांश मानिस यसको माध्यमबाटै कमाई गर्नेछन् । एड ब्रेक्समा आफ्नो भिडियोमा एड आउनेछ । तर, अहिले यो प्रोसेस बेटा मोडमा रहेको छ र यो निकट भविष्यमै चल्न थाल्नेछ ।
फेसबुकले क्रिएटरको आईओएस यूजर्सको लागी एप्स पनि लञ्च गरिसकेको छ, छिट्टै एन्ड्रोइड प्रयोगकर्ताका लागि समेत एप्स लञ्च गर्दैछ ।
यसरी गर्नुस रजिस्ट्रेसन ?
आबेदनका लागि www.facebook.com/creators मा जानुपर्ने हुन्छ । तपाईले आफ्नो फेसबुक अकाउण्टमा लगइन गरी जोइन भन्ने अप्सनमा क्लिक गर्नु पर्छ। त्यसपछि जरुरी डिटेल्स, भिडियो क्याटेगोरी अनि पार्टटाइम हो या फूलटाइम हो जस्ता कुरा भर्नुपर्छ । फेसबूकले तपाइले बनाएको भिडियो को URLखोज्छ त्यो पनि दिनु पर्ने हुन्छ । जस्तो इन्स्टाग्रम्, युट्युब जस्तो तपाइको च्यानलको भिडियोको यूआरएल दिनु पर्ने हुन्छ । यसरि गरिएको आबेदन पछी फेसबुकले तपाईको इमेलमार्फत बाकी जानकारी दिन्छ ।
Loading...

No comments