ताजा खबर

बिराट कोहली र अनुष्का शर्माले इटलीमा गरे बिबाह


नयाँ दिल्ली- लामो समय देखी एक आपसको प्रेम संबन्धमा रहेका भारतीय क्रिकेट टोलीका कप्तान विराट कोहली र बलिउड अभिनेत्री अनुस्का शर्मा हिन्दू रितिरिवाज अनुसार वैवाहिक बन्धनमा बाँधिएका छन्। उनीहरुले आज इटालीको फ्लेरेन्स सहरमा विवाह गरेका थिए। कडा सुरक्षा बिच विवाह समारोहमा परिवार र आफन्तहरुको सहभागिता रहेको थियो।

अनुस्का सर्माले ट्विटरमा आफ्नो बिबाह भएको घोषणा सहित बिबाहको फोटो समेत पोस्ट गरेकी छिन र भनेकी छिन 'आजका दिनदेखि हामीले सदाका लागि एकअर्कामा बाँधिने निर्णय गर्‍यौं। यो कुरा तपाइँहरुसँग साट्न पाउँदा हर्षित भएको छ,'।

यी जोडीले आफन्तका लागि दिल्लीमा डिसेम्बर २१ र क्रिकेटर्स र बलिउड उद्योगका ब्यक्तिहरुको लागि डिसेम्बर २६ मा रिसेप्सन पार्टी राखेका छन्।




Loading...

No comments