ताजा खबर

रिचार्ज कार्ड बिना यसरि गर्न सकिन्छ NCELL मोबाइल रिचार्ज


Loading...


NCELL ले नेपाल कै इतिहासमा पहिलो पटक अनलाइन रिचार्ज सुबिधा सुरु गरेको छ । यो सेवाअन्तर्गत एनसेलका ग्राहकले भिसा, मास्टरकार्ड र युनियनपेको आफ्नो डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी जहिले र जहाँ भए पनि प्रिपेड मोवाइल रिचार्ज तथा पोस्टपेड मोवाइलको बिल भुक्तानी गर्नसक्ने छ ।

मंसिर २६ मंगलबार बाट अनलाइन रिचार्ज सुबिधा सुरु भएको हो । एनसेलका ग्राहकले एनसेलको वेबसाइट payment.ncell.axiata.com मा गई डेबिट/क्रेडिट कार्ड रिचार्ज छनोट गरी आवश्यक विवरणहरु (रिचार्ज गर्न लागेको मोवाइल नम्बर, रिचार्ज गर्ने रकम, कार्ड नम्बर र कार्डको पछाडि उल्लेखित तीनवटा सेक्युरिटी कोड) भरेर रिचार्ज सेवाको फाइदा लिन सक्छन् ।





एनसेलका ग्राहकले यो वेबसाइटबाट रिचार्ज कार्ड पिन प्रयोग गरी कुनै पनि एनसेल नम्बरमा ब्यालेन्स रिचार्ज पनि गर्न सक्नेछन् । ग्राहकले एनसेल एपबाट पनि अनलाइन रिचार्ज सेवा लिनसक्ने छ ।


Loading...

No comments