ताजा खबर

आयोजकले आफ्नो नाममा गलत प्रचार गरेको भन्दै सागरको कडा आपत्ती

Loading...


पोखराको प्रर्दशनी केन्द्रमा असोज २८ गते शनिबार नेपाल आइडल को कन्सर्ट हुन लागेको हो । अब को केहि घन्टा मा सुरु हुने कन्सर्टका लागी दिउसो २ बजे गेट खुल्ला हुने र अपरान्ह ४ बजेदेखि कन्सर्ट सुरु हुने बताइएको छ । कन्सर्टको टिकट दर भने १ हजार, पाँच सय र तीन सय रहेको छ ।

नेपाल आइडल को बुद्ध लामा,निशान भट्टराई र प्रताप दास सहित सागर आले र सन्ध्या जोशीको गायन रहने  आयोजकले जनाए पनि सागर अले भने पूर्व निर्धारित योजना अनुसार सागर धमाका २०७४ का लागि मलेसिया पुगिसकेका छन । भोली आइतबार मलेसिया को पेनाङ मा उन्को कन्सर्ट रहेको छ ।

पोखरामा हुन लागेको कन्सर्टमा सागर आलेको नाम राखेर टिकट बेचेको मा सागर आलेले आपत्ती जनाएको छ ।
सागर का फ्यानहरुले त सागर को नाम र तस्विर राखेर टिकट बेचेकोमा सामाजिक सञ्जालमा बिरोध गरी नै रहेका थिए । तर सागर आले ले समेत यस्तो कार्य भएको मा  दुख ब्यक्त गर्दै आफ्नो अफिसियल फेस्बूक पेज मार्फत आपत्ती जनाएका छन ।


सागरको फोटो देखेर उन्को कन्सर्टको हेर्न टिकेट किनेको भए निरासा हुने देखिन्छ । टुबोर्गको प्रायोजनमा मोन्टेज इन्टरनेसनलले गर्न लागेको यो कार्यक्रममा बुद्ध लामा,निशान भट्टराई र प्रताप दास र सन्ध्या जोशी भने सहभागी हुनेछन । नेपाल आइडल का बिजेता सहित टप ३ का सबै रहेको यो कर्यक्रममा सागर आलेको नाम प्रयोग हुनु अनौठो देखिएको छ । उता सागरले भने फेक आइडी बनएर आफ्नो नाम प्रयोग गरेको मा आपत्ती जनाउदै  लेखेका छन ।


नमस्ते पाेखरा।।
मलाई माया गर्नुहुने सम्पूर्ण पाेखराबासी मेरा अामा बुबा, दाजु भाइ अनि दिदी बहिनी अनि मेरा शुभचिन्तक सबैमा नमस्ते ।
म पूर्व याेजना सहितकाे मलेसियामा अायाेजित कार्यक्रममा सहभागी हुनकाे लागि मलेसियामा अाएकाे छु। तर अहिले मेराे real facebook ID जस्तै देखिने अर्काे fake ID बनाएर असाेज २८ मा हुन गइरहेकाे पाेखरा कन्सर्टमा सागर अाले अाउने भनेर अायाेजक संस्थाले गलत प्रचार गरि टिकट बेचिरहेकाे तथ्य बाहिरिएको छ। यस बारेमा मलाई कुनै पनि जानकारी नभएकाे र हजुरहरु प्रति भएकाे गलत समाचारकाे भागिदार स्वयम् अायाेजक नै हुनुपर्ने छ।
Loveuall





Loading...

No comments