ताजा खबर

पोखरामा सागरको नाममा झुक्याएर टिकट बेचिदै, सागर उडिसके मलेसिया

Loading...


नेपाल आइडल को बुद्ध लामा,निशान भट्टराई र प्रताप दास सहित सागर आले र सन्ध्या जोशीको गायन पोखरेलीले पहिलोपटक सनिबार पोखराको एउटै मञ्चमा हेर्न पाउने आयोजकले जनाएको हो ।

तर टप फोर सागर आलेको नाम पोष्टरमा राखेर प्रचारप्रसार गरिएको भएपनी सागर आले भने  शुक्रबार बिहानै मलेसिया उडिसकेका छन् । सागर आलेकै नाममा मलेसियामा सागर धमाका २०७४ हुँदैछ । उनी मलेसियाका विभिन्न शहरमा झण्डै एक साता कन्सर्ट गर्दै आफ्नो फ्यान हरुलाई मनोरन्जन दिने छन ।

पोखराको कन्सर्ट असोज २८ गते शनिबार पोखराको प्रर्दशनी केन्द्रमा कन्सर्ट हुन लागेको आयोजकले जनाएको छ । असोज २८ गते शनिबार पोखराको प्रर्दशनी केन्द्रमा हुन लागेको कन्सर्ट दिउसो २ बजे गेट खुल्ला हुने र अपरान्ह ४ बजेदेखि कन्सर्ट सुरु हुने बताइएको छ । कन्सर्टको टिकट दर भने १ हजार, पाँच सय र तीन सय रहेको छ ।


यसरि नेपाल आइडलको कन्सर्टमा सागर आलेको नाम रहेको तर उनि मलेसिया उडेको ले प्रश्न खडा भएको छ । आखिर किन सागर नाम आयो त पोखरको कन्सर्टमा ।

केहि दिन अघी देखी नै सागर आले को फ्यान हरुले सागर पोखरमा कन्सर्ट गर्न आउनै नसक्ने तर उन्को प्रोग्राम मलेसियामा रहेको र सागर को नाम प्रयोग गरिएको बिरोध समेत गरी रहेका छन । आखिर जे होस पोखरा को कन्सर्टमा सागर को उपस्थिती नहुने पक्का भएको  छ । सागर नआउने भएपछि उनको नाम र तस्विर राखेर टिकट नबेच्न समर्थकहरुले सामाजिक सञ्जालमा आग्रह गरेका छन् ।

तर सगर को फोटो देखेर कतिले कन्सर्टको टिकेट किनेको भए उनिहरुलाई निरासा हुन सक्ने देखिन्छ । टुबोर्गको प्रायोजनमा हुन लागेको यो कार्यक्रम बाट कही कतै नेपाल आइडल र सागर बिच केहि दुरी बढेको त हैन भन्ने प्रश्न उब्जिएकोछ ।


Loading...

No comments