ताजा खबर

यसो गर्नुस चार्ज छिटो हुन्छ, ब्याट्री धेरै समय टिक्छ

Loading...


स्मार्टफोन मा धेरै एप्स हरु चलिरहन्छन्, तेसैले प्राय जसो सबै को स्मार्ट्फोनको ब्याट्री हरु धेरै समय टिक्दैनन । र चार्ज गर्न पनि लामो समय लाग्दछ । यस्त केहि बिधी छन जस्लाई ध्यान दिएको खन्डमा मोबाइल को ब्याट्री धेरै टिक्छ र चार्ज पनि छिटो हुन्छ ।

चार्ज यसरि गर्नुस हुन्छ छिटो
जब पनि तपाईं चार्ज मा मोबाइल राख्नु हुन्छ, तेस बेला मोबाइल मा कुरा गर्ने नगर्नुस्, यसरि कुरा गर्दा तपाइको मोबाइल मा रहेको नेटवर्क आइसिले काम गरिरहेको हुन्छ र ब्याट्री धेरै खपत हुन्छ जस्ले गर्दा मोबाइल चार्ज ढिलो हुन्छ ।

मोबाइल चार्ज गर्ने समयमा सबै एप्स हरु बन्द गरिदिनुस ताकी फोनमा अतिरिक्त भार प्रयोग नहोस ।

खास गरी वाइफाइ र ब्लुतुथ त बन्द गर्नै पर्छ, यिनी हरु बन्द नगरे तपाईंको फोन चार्ज गर्न अत्याधिक समय लग्छ ।

फोन चार्ज गर्दा बिर्सेर पनि कहिल्यै गेम खेल्ने नगर्नुस यसो गर्दा फोन को प्रोसेसर र र्याम अत्याधिक प्रयोग हुन्छ जस्ले गर्दा तपाइको फोन चार्ज नहुने र फोन अत्याधिक तात्तिने गर्दछ ।

हुन सक्छ भने मोबाइल चार्ज गर्दा जहिले पनि मोबाइल स्विच अफ गर्ने गर्नुस यसो गरेमा फोन सामान्य समय भन्दा आधी समय मा चार्ज हुन्छ ।

फोन चार्ज गर्दा जहिले पनि ओरिजिनल चार्ज बाट मात्र चार्ज गर्ने गर्नुस ।


ब्याट्री धेरै समय टिकाउने आइडिया
# मोबाइल को भाइब्रेसन अफ गर्नुस्
# मोबाइको स्क्रीन लाईटलाई डिम मा राख्नुस्
# मोबाइलको स्क्रीन टाइम आउट छोटो राख्नुस्
# प्रयोग नहुने समयमा हुन सक्छ भने स्विच अफ गरे राम्रो
# सही तरिका र ओरिजिनल चार्जर ले मात्र चार्ज गर्नुस्
# नचानिने एप्स बन्द गर्नुस र प्रयोगमा नआउने एप्स डिलेट गर्नुस्
# ब्लुतुथ, वाइफाइ, र जिपिएस बन्द गरी राख्नुस्
# नोटिफिकेसन मेसेज पनि कम आउने बनाउनुस्
# मोबाइल लाई सिधा घाम या तातो ठाउमा नराख्नुस्, सामान्य तापक्रम मा राख्नुस ।
Loading...

No comments