ताजा खबर

निर्माण व्यवसायी शरदकुमार गौचन हत्या प्रकरण, यसरी चल्यो गोली ( भिडियो )


Loading...


काठमाडौं- नयाँ बानेश्वरको खरीबोट प्रयाग चाेकमा गोली लागेका निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको मृत्यु भएको छ। गोली लाग्नासाथ मीनभवनस्थित सिभिल अस्पताल पुर्याइएका गौचनको बाटोमै निधन भइसकेको अस्पतालमा कार्यरत डा विमल थापाले जानकारी दिएका छन्। डा थापाले भने, ‘गौचनलाई अस्पताल ल्याउँदा नै उनको श्वासप्रश्वास थिएन।’
करिब ३ बजे दिउँसो गौचन सवार बा १३ च ४९४८ नम्बरको ल्यान्डक्रुचजरको अगाडि सिसाबाट गोली प्रहार भएको थियो। प्रहरीका अनुसार उनलाई टाउको, बायाँ कोखा र छातीमा तीन गोली लागेको छ।
मोटरसाइकलमा आएका दुई अज्ञात व्यक्तिले उनीमाथि गोली प्रहार गरेको प्रहरी स्रोतले जनाएको छ।

Loading...

No comments