ताजा खबर

निमाण ब्यबसायी गौचनको हत्यामा संलग्न भएको आरोपमा तीन जना पक्राउ : प्रहरी

Loading...

काठमाडौँ । निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।
मिनभवनको सडकमा प्रदर्शन गरिरहेका निर्माण व्यवसायीहरुलाई आश्वासन दिँदै काठमाडौका प्रहरी प्रमुख रविन्द्र धानुकले सो कुरा बताएका हुन् ।
उनीहरुबाट तीन राउण्ड गोली र पेस्तोल पनि बरामद गरेको धानुकले जानकारी दिए। 
पक्राउ पर्नेमा काभ्रेका छिरिङ तामाङ, सञ्जय तामाङ र दीलिप लामा रहेका छन् । उनीहरु रोशी नगरपालिका  ४ का वासिन्दा हुन् । उनीहरु जोरपाटी क्षेत्रबाट पक्राउ परेका हुन् ।
यसैबीच, मिनभवनमा गृहमन्त्री जर्नादन शर्माविरुद्ध सडकमा नै बसेर निर्माण व्यवसायीहरुले नाराबाजी गरेपछि अस्पताल जान लागेका उनी सुरक्षाको कारण देखाउँदै बीच बाटोबाटै फर्किएका छन् ।
अस्पतालबाट फर्के लगेत्तै उनी र आइजिपी प्रकाश अर्यालबीच छलफल भएको छ ।
साभार रातोपाटिबाट 
Loading...

No comments