ताजा खबर

पोखरा आउदै गरेको यात्रुवाहक वस मालढुङामा दुर्घटना

Loading...


बागलुङ – बागलुङ बजारबाट पोखरा जाँदै गरेको यात्रुवाहक वस मालढुङ्गा नजिकै दुर्घटनामा परेको छ । दुर्घटनामा एक बालक सहित २ जना घाईते भएका छन् । मालढुङ्गादेखि करिब ३ सय मिटर बागलुङतर्फ पर्ने सडक छेउमा रहेका पोलमा ठोक्किएर ना ५ ख २१०६ नम्बरको वस दुर्घटनामा परेको हो ।
घटनामा नवलपरासीको सुनवाल–११ का ९ वर्षीय बालक कृष्ण खत्री र उनकी हजुरआमा सोहि ठाउँकी ५६ बर्षीय हरिकला कार्की घाईते भएका ट्राफिक प्रहरीले जनाएको छ । उनीहरु दुवै जनाको धौलागिरी अञ्चल अस्पताल बागलुङमा उपचार भईरहेको छ । खत्रीको अनुहारमा तथा कार्कीको हात र खुट्टामा चोट लागेको छ ।
यो पनि पढ्नुस्:

१६ बर्से किसोरी लाई नाङ्गो बनाएर बलात्कार गर्न दियियो आदेश 
कोरियामा ज्योती मगरको यस्तो चर्तिकला ( भिडियो )
सागर माथी षड्यन्त्र गरी करियर सिध्याउन खोज्नेलाई LIVE आएर सागरले दिए जवाब


दुवै जनाको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । तिब्रगतिका कारण वस अनियन्त्रित भई बिजुलीको पोलमा ढोक्किएको ट्राफिक प्रहरी बागलुङका प्रमुख छवबहादुर घर्तीले बताए । वसका चालक धनुषा गोदार–१ का पुष्पराज मोक्तानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यो खबर सत्य समाचारमा छ ।

Loading...

No comments