ताजा खबर

पूर्वराष्ट्रपतिलाई मासिक दुई लाख घरभाडा


काठमाडौं । काठमाडौंमा घर नहुने पूर्वराष्ट्रपतिलाई मासिक दुई लाख र घर हुनेलाई वार्षिक एकमुष्ट १० लाख रुपैयाँ घर मर्मत खर्च दिने व्यवस्थासहित पूर्वपदाधिकारीको सुविधासम्बन्धी विधेयकलाई संसद्को राज्य व्यवस्था समितिले पारित गरेको छ ।

कांग्रेसका जीवनबहादुर शाही संयोजकत्वको उपसमितिले विधेयकलाई आइतबार पारित गरी समितिमा पठाउने निर्णय गरेको हो ।राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रिपरिषद अध्यक्ष, प्रधानन्यायाधीश, संविधानसभा अध्यक्ष, प्रतिनिधिसभा वा संसद् सभामुख, राष्ट्रियसभा अध्यक्षबाट निवृत्तलाई पूर्वपदाधिकारीमा समेटेर विधेयकमा सुविधाको व्यवस्था गरिएको आजको अन्नपूर्ण पोस्ट दैनिकले लेखेको छ ।

संविधानसभा, प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद्लाई पनि पूर्वपदाधिकारीमा समेटेर उनीहरुलाई सरकारी अस्पतालमा निःशुल्क उपचारको व्यवस्था गर्ने प्रावधान विधेयकमा गरिएको छ ।

No comments