नेपाल आइडलका उत्कृष्ट १० प्रतिस्पर्धी अहिले कहाँ के गर्दैछन
बुद्धलाई जनताको सर्वाधिक मत, निशान दोश्रो र प्रताप दास तेश्रो
‘नेपाल आइडल’को अन्तिम चारको प्रतिस्पर्धाबाट आज सागर सागर आले आउट भएका छन् । टप चारबाट तीनमा जाने यो भोटको नतिजा अत्यन्तै चर्चित र बिबादित पनि रह्यो । भोट गणनाको बिबाद अदालतसम्म पनि पुग्यो । नयाँ भोटिङ नगराउनु भन्ने अदालतको आदेशपछि बिहिबारको सोमा भोटिङ खुला गरिएन ।
तर, पछिल्लो भोटिङमा कसले कति मत पाएको थियो भन्ने एक्सक्लुसिभ बिबरण अनलाइनखबरले प्राप्त गरेको छ । जसमा कसले अनलाइनबाट कति र एमएसएसबाट कति मत ल्याए भन्ने विस्तृत बिबरण छ । शुक्रबार आयोजकले अदालतमा बुझाएको बिबरणअनुसार पछिल्लोपटकको भोटिङमा बुद्ध लामाले सर्वाधिक मत पाएका छन् । भदौ १६ गते रातीदेखि १७ गते अपरान्ह १२ बजेसम्म एसएमएस र अनलाइनबाट प्राप्त भोटमध्ये लामाले सार्वाधिक अर्थात् ११ लाख ४५ हजार ५३८ मत पाएका छन् । यो मत दोस्रो नम्बरमा रहेका प्रताप दासको भन्दा झण्डै साढे दुई लाख बढि हो ।
बुद्धले एसएमएसबाट ६ लाख ९१ हजार ५७ मत पाएका छन् भने अनलाइन भोटिङबाट ४ लाख ५४ हजार ४ सय ८१ मत पाएका छन् । दोस्रो नम्बरमा रहेका प्रताप दासले ८ लाख ९३ हजार ३ सय ४७ मत पाएका छन् । उनले ७ लाख १४ हजार ९ सय ९९ मत एसएमएसबाट र १ लाख ७८ हजार ३ सय ४८ मत अनलाइनबाट पाएका छन् ।
तेस्रो नम्बरमा रहेका निशान भटराईले ८ लाख ७१ हजार ४ सय ८० मत पाएका छन् । उनले अनलाइनबाट ३ लाख ७१ हजार १४९ मत पाएका छन् भने एसएमएसबाट ५ लाख ३ सय ३१ मत पाएका छन् ।
चौथो नम्बरमा रहेका सागर आलेले ८ लाख ९ हजार ९ सय १५ भोट पाएका छन् । उनले एसएमएसबाट ४ लाख १९ हजार ८ सय ७५ मत पाएका छन भने अनलाइनबाट ३ लाख ९० हजार ४० मत पाएका छन् ।
नेपाल आइडलमा सकियो सागरको यात्रा
गत हप्ता प्राप्त भोटको आधारमा ‘नेपाल आइडल’बाट चितवनका सागर आलेमगर बाहिरिएका छन् । गत हप्ताको बिहिबार प्राप्त भएको भोटका आधारमा उनी आउट भएका हुन् । सागरले सबैभन्दा कम भोट प्राप्त गरेका थिए ।
अब, उत्कृष्ट ३ जनाले ‘नेपाल आइडल’को ट्रफिका लागि कतारमा प्रतिस्पर्धा गर्नेछन् । ‘नेपाल आइडल’को फाइनल कतारमा आयोजना हुँदैछ । जिल्ला अदालतमा मुद्दा परेपछि हिजो बिहिबार नेपाल आइडलमा भोटिङको आह्वान गरिएको थिएन । जसकाकारण, पनि गत साताको भोटका आधारमा एकजना बाहिरिएका हुन् । जिल्ला अदालतले शुक्रबार ‘नेपाल आइडल’ विरुद्ध परेको रिट खारेज गरिसकेको छ ।
नेपाली टेलिभिजनमै सर्वाधिक चर्चामा रहेको ‘नेपाल आइडल’मा निशान भट्टराइ, वुद्ध लामा र प्रताप दासविच उपाधिका लागि प्रतिस्पर्धा हुनेछ । आजको ‘नेपाल आइडल’मा चलचित्र ‘जोनी जेन्टलम्यान’का नायक पल शाह र नायिका आँचल शर्मा चलचित्र प्रचारका लागि पनि पुगेका थिए ।
इन्डियन अाइडलदेखि नेपाल अाइडलसम्म, सुरज थापाको कथा
सांगीतिक प्रतिस्पर्धा भनेपछि जहाँ पनि हाम्फाल्दै पुग्ने उनको बानी थियो । सबैभन्दा पहिले उनले नेपाल टेलिभिजनमा प्रशारित हुने ‘तिम्रो सुर मेरो गीत’ मा भाग लिए । त्यसपछि नेपाली तारा २, नेपाल स्टार, इमेज च्यानलमा बागिना, मायाको डोरी लगायत कार्यक्रमहरुमा भाग लिए ।
यति मात्र होइन, उनी भारतीय टेलिभिजनमा प्रशारण हुने इन्डियन आइडलमा समेत भाग लिन पुगे । यो ६-७ महिनाको अगाडिको कुरा हो ।
सुरज इन्डियन आइडल नियमित हेर्ने गर्थे । यसमा भाग लिने उनको ठूलो सपना थियो । त्यसो त यस कार्यक्रममा भारतीय नागरिकहरुलाई मात्र सहभागी गराइन्छ । तर बुवाले भारतीय सेनामा नोकरी गरेको र लामो समय भारतमा बसेको आधारमा उनले इन्डियन आइडलमा भाग लिन पाउने रहेछन् ।
त्यसपछि उनले दिल्ली पुगेर अडिसन दिए । पहिलो अडिसनबाट छानिए तर, दोस्रो राउन्डमा फालिए । लगत्तै मुम्बईमा गएर फेरि अडिसन दिए । त्यहाँ तेस्रो राउन्डसम्म पुगेर उनको यात्रा टुंगियो ।
‘भारत गएपछि उतै म्युजिक सिक्ने र संघर्ष गर्ने मानसिकता बनाएको थिएँ । तर, यतिकैमा उनले नेपालमा इन्टरनेसनल प|mेन्चाइजको रुपमा नेपाल आइडल हुँदैछ भन्ने थाहा पाएँ । त्यसपछि केही नसोचि यसमा भाग लिनलाई नेपाल फर्केँ,’ उनले भने ।
Loading...


No comments