ताजा खबर

नेपाली नागरिकता त्याग्ने को स्ंख्या बढ्दो


नेपाल दिनप्रती दिन गरिबी र भ्रस्टाचारको जालोमा फस्दै गैरहेको कुरा घाम जस्तै छर्लङ छ । नेपाल को आम्दानी को श्रोत बनेको रेमिट्यान्स ले धानेको यो देस प्रती नेपाली हरु पनि अब थाकी सकेका छन । तेही कारण पनि बिबिध तरिका ले नेपाली हरु बिदेश पलायन हुने उतै बसोबास गर्ने चलन बढ्न थालेको हो । यसैले पनि नेपाली नागरिकता त्याग्ने को स्ंख्या बढी रहेको हो ।

२०७३/७४ मा ४३ जनाले नेपाली नागरिकता त्यागेका छन् । चालू आर्थिक बर्षको भदौ मसान्तसम्म नागरिकता त्याग्ने १२ पुगेका छन् ।

जिल्ला प्रशासन कार्यालयका अनुसार तिनमा अधिकांश भारतमा बिहे गरी जाने महिला छन् । अमेरिका, बेलायत, अस्ट्रेलियालगायत अन्य देशको नागरिकता लिएको कारण देखाउने पनि छन् ।

ललितपुरमा भने २०६२/६३ यता ७५ जनाले नागरिकता त्यागेका छन् । 

No comments