नेपाल आइडल फिनाले लाईभ गर्न नसकेकोमा इन्दिरा र रिमाले माफी मागे
नेपाल आईडलको ग्रयाण्ड फिनालेको समापन सँगै नेपाल फकिएका आइडलका जज इन्दिरा जोशी र संचालिका रिमा विस्वकर्मा माफी मागेकी छन् । उनीहरुले कतारमा नेपाल आइडलको फिनाले भव्यताका साथ सम्पन्न भएको भएपनि नेपालमा लाईभ प्रशारण गर्न नसकेकोमा माफी मागेका हुन् ।
नेपाल फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय एअरपोर्टमा उनीहरुले पत्रकारहरुसँग कतारको कार्यक्रम निकै उत्कृष्ट रहेको बताएका थिए । कतारबाट फर्किएको टिमलाई एयरपोर्टमा भव्य स्वागत गरिएको छ ।
फिनालेमा आइडलका उत्कृष्ट १२ प्रतिश्पर्धी सहित नेपालका वारीष्ठ कलाकार,संगितकर्मी तथा लाखौं दर्शकले सहभागिता जनाएका थिए । आइडलकी जज इन्दिरा जोशीले भव्यतापूर्वक नेपाल आइडलको प्रथम संस्करण समापन भएको बताइन् ।
उनले टेलिभिजन लाइभमा आएको ढीला सुस्ती र दर्शकलाई पर्न गएको मर्का प्रति आफूलाई दुखी बनाएको बताइन् । भने, नेपाल आइडलकी होस्ट रिमा विश्वकर्माले पनि आफूलाई यस विषले दुःखी तुल्याएको र आगामी दिनमा यस्ता गल्ती नदोहोरिने भन्दै दर्शकमाझ पर्न गएको मर्काप्रति उनले माफि सेमत मागेकी हुन् ।

No comments