"हाम्रो हाइस्कुल" वेब सिरिजमा किचलो, कलाकारले छाडे साथ
नेपाल को पहिलो वेब सिरिज "हाम्रो हाइस्कुल" मा अहिले किचलो भएको छ । सो सिरिज को ब्यबस्थापन राम्रो नभएको, लगाउने ड्रेस पनि आफ्नो प्रयोग गर्न पर्ने र पेमेन्ट मा पनि समस्या भएको भनी कलाकार ले छोडेको जनाएको छ ।
योर स्टाइल प्रोडक्सन ले निर्माण गर्दै गरेको वेब सिरिजमा किचलो ले गर्दा यस्को भबिस्य के हुने भन्ने प्रश्न उठेको छ । पुराना कलाकारले साथ छाडेपछी अब कि नयाँ कलाकार लिएर बनाउनु पर्ने या त बन्द गर्ने अवस्थामा पुगेको छ ।
कार्टुन क्रुज को आस्मा र सरोज को प्रमुख भूमिका रहेको यो सिरिज उनि हरुले छाडे पछी ब्यबस्थापन समुहले अब नयाँ कलाकार का साथ मा आउने घोसणा समेत गरिसकेको छ । हेर्दै जाउ अब के हुन्छ ।

No comments