ताजा खबर

छक्का पञ्जा–२ देश भरिका हलहरुमा हाउसफूल,सबै रेकर्ड तोड्ने अनुमान

Loading...


आज बाट प्रदर्शनमा आएको चलचित्र छक्का पञ्जा–२ देश भरिका सम्पूर्ण हलहरुमा हाउसफूलको व्यापार गरेको छ ।एक सय बढी हलहरुबाट प्रदर्शनमा आएको यो बहुप्रतिक्षित छक्का पञ्जा–२ ले एक दिनको कलेक्सनमा सम्पूर्ण रेकर्ड आफ्नो नाममा गरेको छ।


राजधानीका गोपी, अष्ट, गुण, बाराही लगायत हलहरुमा ‘छक्का पञ्जा २’ को चार वटा पर्दा समेत हाउसफूल भएका थियो । मल्टिप्लेक्सकको सम्पूर्ण सो हाउसफूल भएको छ।
यता राजधानी बाहिरको पनि सम्पूर्ण हल हाउसफूल भएको छन् । राजधानीमा करिब १ करोड बराबरको कलेक्सन चलचित्रले गरेको अनुमान गरिएको छ तर सम्पूर्ण हिसाब आउन बाकी रहेको निर्माता तथा कलाकार दीपक राज गिरि बताउनु भयो ।
यता राजधानी बाहिर रातिको सो बाहेक करिब ५७ लाख कलेक्सन गरेको र रातिको सो समेत जोड्दा ८० लाखको हाराहारीमा कलेक्सन हुने वितरक नरेन्द्र महर्जनले बताउनु भयो ।
अहिले सम्म नेपाली फिल्मले एक दिनमा करिब १ करोड ३० लाख बराबरको कलेक्सन गरेको थियो भने हिन्दि चलचित्र बहुबालीले करिब १ करोड ५० को हाराहारी कलेक्सन गरेको थियो ।चलचित्र छक्का पञ्जा–२ भने करिन १ करोड ८० लाख बराबरको व्यापार गरेर सबै रेकर्ड आफ्नो नाममा लेखाउने भएको छ ।
चलचित्रले चितवनमा अहिले सम्मकै नेपाली हिन्दि चलचित्रको रेकर्ड ब्रेक गर्दै करिब १६ लाख बराबरको कलेक्सन गरेको छ । गत बर्ष प्रदर्शनमा आएको छक्का पञ्जाले करिब १७ करोड बराबरको व्यापार गर्दै सम्पूर्ण रेकर्ड आफ्नो नाम गरेको थियो ।
‘छक्का पञ्जा २’लाई पनि दिपाश्री निरौलाले निर्देशन गर्नु भएको हो ।चलचित्र ‘छक्का पन्जा २’ दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल,स्वस्तिमा खड्का ,, स्वरूप पुरुष ढकाल शिवहरी पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
चलचित्रमा पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक-दीपाको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा मा जीतु नेपाल, माग्ने बुढो डट कम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ ।विकास आचार्य चलचित्रका कार्यकारी निर्माता हुन् ।


Loading...

No comments