ताजा खबर

पोर्न स्टार बन्छु भन्ने अर्चना फेरी परिन प्रहरिको फन्दामा


कुनै समय जिस्म र छेस्को जस्ता चलचित्रमा अभिनय गरेकी र नेपालको पोर्न स्टार बन्छु भनेर सधै चर्चामा रहेकी अर्चना पनेरु अहिले कहाँ छिन भनेर खोज्न पर्ने स्थिती आएकोछ । बेल बखत सामाजिक संजालमा अश्लिल तस्वीरहरु सार्वजनिक गर्न समेत पछी नपर्ने अर्चना पनेरु फेरी पक्राउ परेकी छन्।

अर्चना यस पटक भने आफ्नी आमा सहित पक्राउ परेकी हुन् । अश्लिल तस्बिर वाइरल भएर   चर्चामा आएकी अर्चनाले दुई वटा चलचित्रमा काम गरेपनी दुबै चलचित्र सुपर डुपर फ्लप भएपछी डान्सबारमा नाच्न थालेकी छिन्।

सोमबार राति गोंगबु नयाँ बसपार्कबाट अर्चना पनेरु र उनकी आमा सुनिता पनेरू लाई प्रहरी ले पक्राउ गरेका हुन्, कारण भने मनवाकर बारमा मदिरा सेवन गरी होहल्ला गरेको भन्ने खुल्न आएको छ ।

‘जीस्म’को रोमान्टिक गीतमा बोल्ड अर्चना

राजु गिरी निर्देशित चलचित्र ‘जीस्म’को एक रोमान्टिक गीत रिलिज भएको छ । अर्को सातादेखि रिलिज हुने यो चलचित्र निर्माण समयदेखि नै विवादमा छ । अर्चना पनेरुलाई चलचित्रमा खेलाएपछि यसले विभिन्न खालको विवादको सामाना गर्नुपरेको थियो । अहिले निर्देशक गिरी र पनेरुविच नै राम्रो सम्बन्ध छैन ।

योगेश काजीको संगीतमा तयार भएको ‘डुबिदेउ’ बोलको गीतमा काजीसँगै रज्नी राइको स्वर छ । यो चलचित्रमा अर्चनाको साथमा सुरेन्द्र बुढाथोकीको अभिनय छ ।
चलचित्र ‘छेस्को’ पूर्ण रुपमा असफल भएपछि अर्चनाको हल्ला पनि सेलाएको छ । यसले ‘जीस्म’लाई कत्तीको असर पार्छ, त्यो असार ३१ गते नै थाहा हुनेछ ।

चलेनन् नायिका नाङ्गीएका चलचित्र

 यो बर्ष नेपाली चलचित्रको बजार खासै सुखद बनिरहेको छैन । हुनत, बर्षको पहिलो ३ महिनालाई नै हेरेर यो अड्कल काटिहाल्न नमिल्ला । तर, ३ महिनाको अन्तरमा हेर्ने हो भने अधिकांश चलचित्र असफल भएका छन् ।
अझ, रोचक कुरा के छ भने नायिकाको शरीर देखाएर निर्माण भएका नेपाली चलचित्र पूर्ण रुपमा असफल भए । बलिउडमा पनि एडल्ट कमेडी चलचित्रको बजार यो बर्ष ध्वस्त देखिएको छ ।
अर्चना पनेरुलाई चलचित्रमा लिएर गोजीमा पैसा भरौला भनेर सोचेका निर्माता रित्तो हातमा परेका छन् । चलचित्रमा एकाएक अर्चनालाई राखेर केही दृश्य सुटिङ गरिएको चलचित्र ‘छेस्को’ होस् या राजु गिरीको ‘जिस्म’, दुबै चलचित्र चलेनन् ।
राजुको ‘जिस्म’ले पूर्ण असफलता व्यहोरेपछि अर्चना अहिले चलचित्र क्षेत्रबाट नै हराएकी छिन् । उनको स्क्यान्डल र विवादस्पद बयानले पनि हावा खायो । हुनत, नायिका नङ्ग्याएर चलचित्र चल्छ भन्ने सोच केही निर्मातामा नआएको होइन । तर, दर्शकले यस्ता चलचित्रलाई पूर्ण रुपमा बहिष्कार गरिदिएपछि अहिले चलचित्र मेकिङ फेरिएको छ ।
बलिउडमा एडल्ट कमेडी चलचित्र चलेनन् । केही दिन अगाडि रिलिज भएको चलचित्र ‘ग्रेट ग्रान्ड मस्ती’ पूर्ण असफल हुनुको एउटा कारण यही नै हो । यो चलचित्रमा नायिका उर्वशीले आफ्नो जवानी नदेखाएकी होइनन् ।
चलचित्रका संवादमा दोहोरो अर्थ लाग्ने शब्द प्रयोग नगरिएको होइन । तर, चलचित्र चलेन । अर्की, हट नायिका सन्नी लियोनीका चलचित्र पनि हावा खाए । सन्नीका मस्तीज्यादे, वन नाइट स्ट्याण्ड’ जस्ता चलचित्र असफल भए । ‘क्या कूल हे हम, जस्तो एडल्ट कमेडीले पनि कुनै जादु छरेन । बलिउडमा नाङ्गीएरै चर्चामा रहेकी सन्नी लियोनीको अस्तित्व पनि खतरामा परेको छ ।
यो बर्ष बलिउडमा एक्सन, स्टारडम, राष्ट्रियता र गीतसंगीत हिट भएका चलचित्र चलिरहेका छन् । एडल्ट कमेडी चलचित्र असफल भएको देखिएको छ । नेपाल र बलिउडमा अब कथावस्तु र मेकिङ राम्रा भएका चलचित्र चल्न थालेका छन् । नेपालमा ‘कालो पोथी’ चल्नु, बलिउडमा ‘एयरलिफ्ट, निरजा’ जस्ता चलचित्र यसैको उदाहरण हो ।

No comments