ताजा खबर

प्रधानमन्त्री प्रचण्डलाई बनाउने वाम गठबन्धनको तयारी


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अब बन्ने सरकारको प्रधानमन्त्री बनाउनेगरि एमाले–माओवादी केन्द्रको वाम गठबन्धनले आन्तरिक तयारी थालेको छ ।

प्रचण्ड प्रधानमन्त्री भएपछि एकतापछिको पार्टीको अध्यक्ष भने एमाले अध्यक्ष केपी शर्मा ओली नै बन्ने पनि गठबन्धनको तयारी रहेको छ।
  >>> यो पनि हेर्नुस्: 


माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको निजी निवासमा आज पनि यसबारेमा छलफल भएको थियो । माओवादी नेता रामनारायण विडारीले पत्रकार ऋषि धमलालाई दिएको जानकारी अनुसार आजपनि दुईवटा मापदण्डमा छलफल भएको थियो । पहिलो, प्रचण्ड अध्यक्ष र ओली प्रधानमन्त्री । यदि त्यसमा सहमति भएन भने प्रचण्ड प्रधानमन्त्री र ओली नै एकतापछिको पार्टीको अध्यक्ष बन्ने रहेको छ ।
माओवादी केन्द्रको अहिले बैठक जारी छ। सुरुदेखि नै पार्टी अध्यक्ष र प्रधानमन्त्री को बन्नेबारे गठबन्धनमा चर्को विवाद रहेको छ। सोही विवाद अनुसार अहिलेसम्म एकता संयोजन समितिको बैठक बस्न सकेको छैन् ।
एमालेले तत्काल पार्टी अध्यक्षमा प्रचण्डलाई नस्विकार्ने संकेत गरेपछि माओवादी केन्द्रका शीर्ष नेताहरु नै झस्किएका छन् । यो खबर रिपोटर्स नेपालमा रहेको छ । 

No comments