ताजा खबर

सामाजिक संजालमा निकै नै चर्चित 'शेरे’ को हुन ? हेर्नुस यस्तो छ तथ्य



पोखरा, पौष ४- सामाजिक संजाल फेसबुक र ट्वीटरमा देखिने ब्ल्याक एण्ड ह्वाइृट एक पात्र विश्वमै निकै नै चर्चित  छन्। विश्वमै चर्चित यी व्यक्ति नेपालमा भने ‘शेरे’ नाम ले चिनिन्छन ।

हाँस्यव्यंग्यमा खुवै प्रयोग गरिने यस पात्र  तपाईको फेशबुक वालमा पनि बेला बेलामा देखिन्छन नै होला । ट्रोल को रुपमा फन्नी फोटो सहितको हाँस्यव्यंग्य पढ्दा निकै हास्नु हुन्छ होला। तर, तपाईलाई सायद थाहा नहोला को हुन यि पात्र भनेर, के उनि साच्चैकै छन त ? हो उनि बास्तबिक पात्र नै हुन ।

स्केचमा देखिने यि व्यक्ति चिनियाँ खेलाडी हुन्, उनी याओ मिङ हुन् । चीनका चर्चित बास्केटबल खेलाडी जस्ले २००२ बाट चिनको राष्ट्रिय टीमबाट बास्केटबल खेल खेल्न सुरु गरेका थिए ।

७ फिट ६ इन्च अग्ला मिङको उक्त स्केच भने एक पत्रकार सम्मेलनबाट निस्केको फोटोको हो । सन् २००९ मे महिनामा एक पत्रकारको प्रश्नमा हाँसेर उत्तर दिँदै गर्दा फोटोलाई प्रयोग गरी बनेको उक्त स्केच विश्वभर चर्चित बन्यो।

पहिलोपटक एकजना चित्रकारले स्केच बनाएर व्यङ्ग्यमा प्रयोग गरेको उनको तस्बिर व्यङ्ग्यमा हाल विश्वभर देखिन्छ। एजेन्सी


No comments