ताजा खबर

फालिने मोबाइल रिचार्ज गरेको कार्ड र सुर्तीको खोलको पैसा पाइने


तपाइ आफ्नो मोबाइल रिचार्ज गरेपछी रिचार्ज कार्ड फाल्ने गर्नु भको छ या सुर्तीको खानु हुन्छ तर खोल फाल्ने गर्नुभएको छ भने तपाइलाई खुशीको खबर छ, हो अब नफाल्नुहोस् । रिचार्ज कार्ड या सुर्तीको खोल जम्मा गरेर बुझाए पैसा पाउनुहुन्छ ।

उपत्यकामा चलिरहेको चक्रपथ सफाइ अभियानका तर्फबाट मोबाइल रिचार्ज गरेर फ्याँक्ने २०० वटा खोल ल्याए ५० र सुर्ती एवं गुट्खाका खोल ५०० वटा ल्याए रु १०० दिने घोषणा गरिएको छ । यसरि फालिने चिज रिचार्ज कार्ड र सुर्तिको खोल बापत पनि  पैसा कमाउन सक्नु हुन्छ । 

उपत्यकामा आज नदी र चक्रपथ सफाइ गरी ३९ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइ महाअभियानको २३९ औँ हप्तामा आज बानेश्वर क्याम्पस अघिको वाग्मती नदी किनारमा सफाइ गरी आठ मेट्रिक टन फोहर व्यवस्थापन गरियो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, काठमाडौँ महानगरपालिका, मुक्तिनाथ विकास बैंक, हाम्रो पाइला, तिलगंगा महिला समूहलगायत संस्थाका ४५० भन्दा बढीको सहभागिता रहेको वाग्मती सफाइ महाअभियानका अभियानकर्मी नारायण श्रेष्ठले जानकारी दिनुभयो ।

सफाइमा अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष नरेन्द्रराज बस्नेत, अभियन्ता डा राजु अधिकारी, टंक आचार्य, राजकुमार भट्टराईलगायत अभियन्ताको सक्रियता थियो । 

No comments