ताजा खबर

आज राति १२ देखि सवारी चलाउन नपाइने, भोली सार्वजनिक विदा, सुरक्षा कडा

Loading...

दोस्रो चरणमा ४५ जिल्लामा हुन लागेको प्रतिनिधि सभा तथा प्रदेश सभाको भोली हुने निर्वाचनको सबै सुरक्षा व्यवस्था पूरा भएको गृह मन्त्रालयले जनाएको छ। सुरक्षाको दृष्टिकोणले भोलि सार्वजनिक सवारी र निजी सवारीसाधन समेत चलाउन पाइने छैन।

४५ जिल्लामा हुन लागेको निर्वाचनका लागि म्ंसिर २१ गते गृह मन्त्रालयले सार्वजनिक विदा दिएको छ। आज मध्यरात १२ बजेबाट भोलि निर्वाचन सकिएको दुई घन्टापछि अर्थात् साँझ ७ बजेसम्म सार्वजनिक सवारी र निजी सवारीसाधन समेत चलाउन पाइने छैन। गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय मार्फत् अति आवश्यक क्षेत्रका लागि भने सवारी अनुमतिपत्र जारी गरिसकेको छ।

निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न सबै तयारी पूरा भएको र सुरक्षा व्यवस्थापन कडा भएकाले निर्धक्क भएर भोट हाल्ने बाताबरण रहेको गृह मन्त्रालयले जानकारी दिएको छ। 'निर्वाचन शान्तिपूर्ण हुने गरी सुरक्षा निकायले तयारी पूरा गरेको छ, डर त्रास फैलाउने र आपराधिक गतिविधि गर्नेलाई नियन्त्रण गर्न रणनीति बनाएका छौं।' गृह सचिव सापकोटाले जानकारि दिएका छन । ' कुनै पनि घटना भैहालेपनी १० देखि ३० मिनेटभित्रै सुरक्षाकर्मी पुगिसक्ने उन्को दाबी छ ।



Loading...

No comments