ताजा खबर

यि ब्यक्ती हेल्मेट लगाएर गाडी चलाउँछन्, यस्तो छ कारण

Loading...


मोटरसाइकल र स्कूटर चलाउँदा सुरक्षाका लागि हेल्मेट लगाउनु स्वाभाविक हो । तर भारतको राजस्थानमा एक व्यक्ति हेल्मेट लगाएर गाडी चलाउँछन् । 

राजस्थानको भरतपुर प्रहरीले हालै एक मारुति भ्यानका चालकले हेल्मेट नलगाएको भन्दै पुर्जी काटेको थियो । त्यसको विरोधस्वरूप चालकले भ्यानमा बस्दा पनि हेल्मेट लगाउने निर्णय गरे । 

चालकको नाम विष्णु शर्मा हो । उनी भरतपुरबाट आगरातर्फ भ्यान चढेर आइरहेका थिए । चिकसाना भन्ने ठाउँनजिक प्रहरीले उनको भ्यान रोक्यो र कागज माग्यो । 

विष्णुका अनुसार, उनीसँग गाडीको सबै कागज थियो तर प्रहरीले जबर्जस्ती उनको पुर्जी काट्यो र हेल्मेट नलगाएको भन्दै ३२० रुपैयाँको पुर्जी काट्यो । 

पुर्जी काट्नुको कारणबारे थाहा पाउँदा विष्णु छक्क पारे । 

यसका बारेमा प्रहरीलाई सोध्दा हेड कन्स्टेबल प्रह्लाद सिंहले सीट बेल्ट नलगाइएको कारण पुर्जी काटिएको र भूलवश हेल्मेट मेन्सन गरिएको बताए ।


Loading...


एजेन्सी


Loading...

No comments