फिरंगीले डुबायो कपिललाई, अरुलाई हसाउने कपिल परे डिप्रेसनमा
Loading...
भारतीय मसहुर कमेडियन कपिल शर्माको फिल्म फिरंगी बक्स अफिसमा फ्लप भएको छ । टेलिभिजन शो का कारण डिप्रेसन सिकार उनि आफ्नै फिल्मको असफलताले फेरि डिप्रेसनमा डुबेको खबर भारतीय मिडिया हरुले छापेका छन ।
कुनै समय चर्चाको सिखरमा रहेका कपिल पछिल्लो समय घट्दो क्रेजलाई फर्काउने कोशीसमा थिए ।
चलचित्र फिरंगी ले उन्को क्रेज पुन फर्काउने आशा गरिएको भएपनी उनले सोचेअनुसार भएन । यस फिल्मलाई न दर्शकले रुचाए न समिक्षकले । चलचित्र फिरंगीलाई कपिल शर्मा स्वयम्ले प्रोडयूस गरेका थिए । यस्ले उन्लाई डुबाएको छ ।
प्रदर्शनमा आएको चार दिनसम्ममा पनि फिरंगीले १० करोडको व्यापार गर्न सकेको छैन । पहिलो दिन २ करोड कमाएको फिरंगीले दोस्रो दिन साढे २ करोड, तेस्रो दिन २ करोड र चौथो दिन २ करोड ३० लाख कमाएको थियो । फिल्मले चौथो दिन सम्म ८ करोड ८० लाख मात्र कमाएको छ । जबकि कपिल शर्माको पहिलो फिल्म ‘किस किसको प्यार करुँ’ ले पहिलो दिनमै १० करोडको व्यापार गरेको थियो भने फिल्मले जम्मा ५० करोड नाफा दिलाएको थियो ।
अनुमानित २५ करोड भारुमा निर्मित चलचित्र फिर्ंगिले लगानी उठाउने सम्भावना देखिन्न । यसै बाट पनि कपिल शर्माको क्रेज दिन प्रती दिन घट्दो क्रममा रहेको देख्न सकिन्छ ।
फिल्मको असफलताले डिप्रेसनमा पुगेका कपिल पछिल्ला समयमा सार्वजनिक कार्यक्रममा समेत देखिएका छैनन । हालै मात्र उनका आफ्नै सहकर्मी भारती सिंहको बिहेमा समेत देखिएनन ।
Loading...
No comments