गर्भ निरोधककै भरमा अहिलेको पुस्ता, स्कुल र कलेजका छात्रा बढी
जती जती समय बढ्दै छ तेती तेती नै नेपाली पुस्ता हरु पनि आधुनिक हुँदै गैरहेका छन । अघिल्लो दशक सम्म निकै ठुलो कुरा मानिने यौन सम्पर्क अहिले का पुस्ता हरु निकै हल्का रुप मा लिन थाली सकेका छन । बजार मा पाउने बिभिन्न पिल्स का कारण पनि यस्तो कार्य लाई प्रोत्साहन मिलेको हो । जो कोही पनि किन्न गएको खन्डमा सहजै किन्न सक्ने यस्तो गर्भ निरोधक पिल्स कै आड मा चलेको छ अहिले को पुस्ता । पस्चिमी मुलुक बाट सुरु भएको 'लिभिङ टुगेदर’ जस्तो रिलेसन मा रहेका नेपाली जोडी लाई यौन सम्पर्क गर्ने एउटा गतिलो बहाना बनेको छ । 'लिभिङ टुगेदर’मा रहेर यौन सम्पर्क चाहिए पनि अरु झमेला भने चाहदैनन उनि हरु यस्का लागी असुरक्षित गर्भ रोक्न ७२ घण्टे चक्की पिल्स मा उनि हरु निर्भर हुने गरेका छन । उनीहरूमा एउटै चाहना हुने गरेको छ– नियमित यौनसम्पर्क पनि गर्न पाइयोस् तर गर्भ भने नबसोस् ।’
सामाजिक सञ्जाल फेसबुक तथा युट्युबमा सजिलै हेर्न पाइने अश्लील भिडियो र खुलेआम इन्टर्नेट मा चलिरहेका पोर्न साइट हरुका कारण पनि सानै उमेरमा विपरीत लिंगीबीच असुरक्षित यौनसम्बन्ध राख्ने क्रममा वृद्धि भइरहेको छ । स्कुल कलेज् उमेर मै लभ गर्ने अहिले ट्रेन्ड ले पनि यौन संबन्ध को सन्ख्या लाई बढाएको छ ।
रमाइलोका लागी मात्र गरिएका यस्ता कृयाकलाप आज को समाज का लागी दिन चर्या नै बनेको छ । हतार र असुरक्षित यौनसम्बन्ध का लागी बरदान बनेको छ ७२ घन्टे पिल्स । बिपरित लिङ्गी प्रती को आकर्षण र यौन कौतुलता का कारण पनि टिन एजमा नै लभ गर्ने परिपाटी फस्टाउदो छ । जस्ले गर्दा ‘यस्ता चक्की प्रयोग गर्नेमा स्कुल र कलेजका छात्रा हरु बढी मात्रामा पाइएको छ ।’ असुरक्षित यौनसम्पर्क लाई रोक्न प्रयोग हुने ७२ घण्टे गर्भ निरोधक पिल्स पछिल्लो समय व्यापक दुरुपयोग भएको पाइएको छ। विवाहित महिलाको सवालमा निकै कम मात्रामा प्रयोगमा आएको पाइन्छ ।
हतार र असुरक्षित यौनसम्बन्धबाट बस्न सक्ने गर्भ रोक्न एकै जनाले दुई दिनभित्र चारवटासम्म आई–पिल चक्की प्रयोग गर्ने गरेको पाइएको छ । ‘एउटामात्रै खानुपर्ने चक्की एकै व्यक्तिले चारवटासम्म खानु एकदमै हानिकारक हुन्छ ।
क्षणिक रमाइलो का लागी उमेर नै नपुगी सारिरिक सम्पर्क राख्ने भर्खर का युबा युबती हरुलाई चिकित्सकको परामर्शबिना यो चक्की प्रयोग नगर्न विशेषज्ञको सुझाव छ ।
‘एकैपटक चारवटासम्म खाँदा यसले दीर्घकालीन रूपमा नकारात्मक असर पार्छ ।’ यस्त पिल्स को दुरुपयोगले भविष्यमा विवाहपछि उनीहरूमा बाँझोपन हुने यदी बच्चा जन्मिए पनि शारीरिक अपांगता जन्मिन सक्ने विशेषज्ञ बताउँछन् ।

No comments