चाउचाउ बनाउने मेसिनमा पेलिएर सुरेश भुजको मृत्यु
Loading...
कपिलवस्तु नगरपालिका–६ थुमुवामा रहेको क्यापिटल फुड प्रालिमा एउटा अप्रिय घटना भएको छ । चाउचाउ बनाउने मेसिनमा पेलिएर आइतबार साँझ १८ वर्षीय सुरेश भुजको मृत्यु भएको हो । उनि सो मेसिनमा सफा गर्ने क्रममा पसेका थिए ।
केही महिना अघि मात्र संचालनमा ल्याएको चाउ चाउ उत्पादन गर्ने कम्पनिमा १ सय बढिले रोजगार पाएका थिए, ति मध्य सुरेश पनि एक थिए । प्रहरीका अनुसार पनि घटनामा अपरेटरको लापरबाही देखिएको र जानाजान गरिएको हुन सक्ने जानकारी दिएको छ । मेशिन सफा गरीरहेको बेला मेशीन चल्दा सुरेश पेलिएर ज्यान गुमाउनु परेको थियो ।
घटना पछि कम्पनीका मेनेजर कृष्ण बुढाथोकी सहीत सबै कर्मचारीहरु फरार भएको प्रहरीले बताएको छ । लापरबाहीका कारण मजदुरको मृत्यु भएको भन्दै स्थानीयले विरोध प्रदर्शन गर्दै कम्पनी घेरेका छन् भने यातायात समेत बन्द गरिएको छ ।
Loading...


No comments