किन आएन त दर्शक पोखराको नेपाल आइडल कन्सर्टमा ? दोष कस्को ?
Loading...

देश बिदेशमा सुरु भएको नेपाल आइडल को कन्सर्ट भयो पोखरामा । शनिबार भएको नेपाल आइडल कन्सर्ट लाई मुन्टेज इन्टरनेशनलले गरिरहदा दर्शक को उपस्थिती भने एकदमै न्युना देखिएको थियो । पोखरा कन्सर्टमा नेपाल आइडल विजेता बुद्ध लामासहित, निशान भट्टराई, प्रताप दाससँगै सन्ध्या जोशीको रहेको थियो, सागर को नाम राखिए पनि उनि भने मलेसिया मा थिए ।
आयोजक मुन्टेज इन्टरनेशनलका अनुसार करिब ८ देखी १० हजार दर्शक आउने अनुमान गरिएपनी पोखरा प्रदर्सनी को चौरमा मुस्किल ले ५०० जना दर्शक देखिएका थिए ।
आयोजक ठुलो उत्साह का सफल बनाउने प्रायस गरेपनी बुद्ध कै शहर मा नेपाल आइडल को पहिलो शो नै खल्लो र निरासाजनक भएको छ । यस्तो किन भयो र कारण के हो भन्नु भन्दा पनि चिनी धेरै खाए तितो हुन्छ भन्ने कुरा प्रमानित भएको छ । यस्तै चाला हुने हो भने अरु कन्सर्ट पनि आयोजक मुन्टेज इन्टरनेसनल लाई ठुलो घाटा हुने पक्का छ ।
अबा भोली असोज ३० गते निशान भट्टराइ को शहर उर्लाबारी मा कन्सर्ट हुँदै छ, अब त्यहाँ कस्तो रहन्छ कन्सर्ट हेर्न रोचक हुनेछ ।
Loading...
No comments