पोखरामा नेपाल आइडलको कन्सर्ट हुँदै, बुद्ध,निशान,प्रताप,सागर,सन्ध्याले एउटै मञ्चमा
Loading...
पोखरा / नेपालको बहुचर्चित गायन रियालिटी सो नेपाल आइडलको कन्सर्ट पहिलो पटक असोज २८ गते शनिबार पोखरामा हुने भएको छ । टप ३ प्रतिश्पर्धी सहित सागर आले र सन्ध्या जोशीलाई पोखरामा एकसाथ पोखरेलीले देख्न पाउने भएको हो ।
पहिलो नेपाल आइडल पोखराका बुद्ध लामा,निशान भट्टराई, प्रताप दास सहित सागर आले र सन्ध्या जोशीको गायन पोखरेलीले पहिलोपटक पोखराको एउटै मञ्चमा बसेर हेर्न पाउने भएका हुन् ।
यो पनि पढ्नुस्:
असोज २८ गते शनिबार पोखराको प्रर्दशनी केन्द्रमा हुन लागेको कन्सर्टमा बुद्ध लामा, निशान भट्टराई, प्रताप दास सहित सागर आले र सन्ध्या जोशीले पनि गाउने छन । पोखरामा हुने कन्सर्ट सनिबार दिउसो २ बजे गेट खुल्ला हुने र अपरान्ह ४ बजेदेखि कन्सर्ट सुरु हुने बताइएको छ । कन्सर्टको टिकट दर भने १ हजार, पाँच सय र तीन सय हुनेछ।

पोखरेलिले बुद्धको लाईव पहिले पनि सुनी सकेको भएपनी सागर आले,निशान, प्रताप र सन्ध्या लाई भने पोखरेलीले पहिलो पटक सुन्न पाउने भएका छन ।
Loading...

No comments