आउदै छ फोल्ड गर्न मिल्ने स्मार्ट्फोन, यो कम्पनी ल्याउन सक्ने पहिले
Loading...
स्मार्टफोन को जमाना छ अहिले, दिन प्रती दिन नयाँ प्रबिधी भित्रदैछ । आउने समयमा यस्तो पनि पनि फोन आउने छ जस्को डिस्प्लेलाई समेत फोल्ड गर्न सकिने छ । लगातार केहि समय देखी फोल्ड गर्न सकिने डिस्प्ले वाला फोन को पनि कुरा भैरहेको छ । केहि दिन अघी मात्र सामसुङ कम्पनिले समेत २०१८ सम्म फोल्डेबल डिस्प्ले वाला स्मार्टफोन निर्माण गरी सबै को हात हातमा पुर्याउने घोषणा गरेको छ ।

अर्को एक कम्पनी ZTE ले पनि १७ अक्टूबर सम्म एक नया स्मार्टफोन लॉन्च गर्न गैरहेको बताएको छ ।
रिपोर्ट् का अनुसार यो स्मार्टफोन पहिलो हुने सम्भावना छ जस्को डिस्प्ले फोल्ड हुनेछ । यस कम्पनीले डिवाईस को फोटो समेत लीक गरेको छ । AXON multi या AXON M नाम पाउन सक्ने जनाएको छ । फोटो मा देखिए जस्तै यो डिवाईस को डिस्प्ले फोल्ड हुने छ । फुल एचडी डिस्प्ले हुने यस डिभाइसमा फोल्ड गर्दा ६ .८ इंच को डिस्प्ले बन्नेछ भने अनफोल्ड गर्दा यस्को डिस्प्ले १३.६ इंचको ठुलो ट्याब जस्तो हुनेछ ।

कम्पनी यस डिभाइसको बारेमा बाकी अरु कुराको कुनै जानकारी दिएको भने छैन । ZTE को डुअल स्क्रीन वाला फोल्डेबल डिस्प्ले फोन आएको खन्डमा स्मार्टफोन को दुनिया मा नयाँ क्रांति हुनेछ । स्याम्सुङ पनि गैलेक्सी X नाम राखेर यस्तै स्मार्टफोन बनाउने तैयारी गर्दै छ । तर धेरै हद सम्म तयार भैसकेको ज्टे कम्पनी ले नै फोल्डेबल डिस्प्ले वाला फोन लॉन्च गरेर पहिलो बन्ने सम्भावना धेरै छ ।
Loading...

No comments