ताजा खबर

‘ऐश्वर्य’को बक्स अफिस रिपोर्ट्, कती कमायो तिन दिनमा ?

Loading...



रमेश उप्रेतीको निर्माणमा तयार भएको बहुप्रतिक्षित चलचित्र ‘ऐश्वर्य’ले दर्शकको राम्रै साथ पाएको छ । ‘ऐश्वर्य’ लाई उच्च स्तर को मेकिङ्ग सहित तयार पारिएको छ ।

छठ पर्वको अवसर पारेर रिलिज गरिएको चलचित्र ‘ऐश्वर्य’ १०० भन्दा बढी हलमा प्रदर्शन गरिएको थियो ।
निर्माण पक्षको जानकारी अनुसार पहिलो दिन ४८ लाख दोस्रो दिन ५६ लाख र तेस्रो दिन ८० लाखको ग्रस कलेक्सन गरेको छ । पहिलो दिन नै सुखद सुरुवात गरेको चलचित्र ‘ऐश्वर्य’ तिन दिनमा २ करोडको हाराहारिमा व्यापार गरेको छ ।

अझै पनि दर्शकको उपस्थिति उत्साहजनक देखिएको चलचित्र ‘ऐश्वर्य’मा रमेश उप्रेती, प्रशान्त ताम्राकार, केकी अधिकारी दीपिका प्रसाइँ, केशव भट्टराई लगायत कलाकार को अभिनय रहेको छ । दिवाकर भट्टराईले यस चलचित्रको निर्देशन गरेका छन भने दिन अर्जुन श्रेष्ठ, निर्मल शर्मा र किरण राणा उप्रेतीको संयुक्त लगानी रहेको छ ।



Loading...

No comments