ताजा खबर

नेपालीद्वारा नेपालीमाथि चक्कु आक्रमणमा मृत्यु

Loading...

पोर्चुगलको राजधानी लिस्वाेनमा एक नेपालीकाे छुरा प्रहार गरि हत्या गरिएको छ । धादिङ घर भएका अर्जुन सापकोटाले पर्वत जिल्ला मल्लाज घर भएका हरि बहादुर जिसीकाे हत्या गरेको स्थानीय प्रहरीले जनाएकाे छ । छुरा प्रहारबाट जिसीका भार्इ अाेम जिसी गम्भिर घाइते भएका छन् ।
राजधानी लिस्वाेनको क्याम्पो पिक्यानोस्थित सडकमा दाजुभाइमाथि छुरा प्रहार भएकाे थियाे । पोर्चुगलको राजधानी लिस्वनको क्याम्पो पिकनो नजिक रहेको चाईनिज रेष्टुरेण्टमा मृतक जिसीका भाई ओम जिसी कार्यरत थिए । झण्डै आधा दर्जन नेपालीले काम गर्ने उक्त रेष्टुरेण्टमा अर्जुन सापकोटाले भाडा माझ्ने काम गदैं आएका थिए ।
मृतक जिसीको हत्याराको पहिचान भएपनि उनि अहिलेसम्म फरार रहेकाले पोर्चुगल प्रहरीले खोजी कार्य जारी राखेको जनाएको छ । घटनालगत्तै खबर पाएको प्रहरीले स्थानीय प्रशासन सँगै नेपाली समुदायसँगको सहकार्यमा फरार सापकोटालाई खोजी गरि प्रशासनसमक्ष बुझाउन आग्रह गरेको छ । हत्याराकाे कुनै कागजपत्र छैन् ।
पर्वत साविक मल्लाज गाविसका हरि बहादुर जिसी ५ बर्षअघि पोर्चुगल गएका हुन । नेपालमा कानुन बिषयमा स्नातक गरेका जिसी आर्थिक समस्याका कारण केहि समय वेल्जियम बसेर उनि पोर्चुगल गएका थिए । पोर्चुगलमै बसेर त्यहीको स्थाई बसोबासको अनुमतिपछि अहिले श्रीमति र एकछोरी समेत लगिसकेको थिए । एक छोरी र श्रीमति सहित लिस्वनमा बस्दै आएका जिसीकी अर्की छोरी भने नेपालमै रहेको बुझिएको छ । सामान्य आर्थिक अवस्थाका जिसीका ३ भाई मध्ये मृतक हरि बहादुर जिसी जेठा र घाईते ओम जिसी कान्छा हुन ।


Loading...