ताजा खबर

नेपाल आइडलको कन्सर्ट हेर्दा हेर्दै आधा दर्जन युबतीहरु फेन्ट

Loading...


आज शनिबार काठमाडौँको टुँडिखेलमा आयोजित नेपाल आइडलको कन्सर्टमा दर्शकहरुको निकै बाक्लो घुँइचो देखियो । टुडिखेल भरिएर बाहिर सम्म दर्शक ठेलम ठेल थिए ।

कार्यक्रम स्थलमा दर्शकले निकै खचाखच भरिएको कारण र दिनमा घाम लागेको ले गर्मी पनि तेस्तै धेरै थियो । यही बिच टप ३ का प्रतिस्पर्धीहरु निशान भट्टराई, प्रताप दास र बुद्ध लामाको कन्सर्ट हेर्न आएका आधा दर्जन जति दर्शक कार्यक्रम स्थलमै फेन्ट भएका छन्। फेन्ट भएपछि उनीहरुलाई प्रहरीले खुल्ला स्थानमा ल्याई सहयोग गरेका थिए।

अत्याधिक सन्ख्यामा रहेका युबा युबती समेत साना बालबालिका देखि वृद्ध सम्मको उपस्थिती भएको भिडलाई सम्हाल्न प्रहरीलाई समेत हम्मे–हम्मे परेको थियो।



Loading...