नेपाल आइडलको भोटिङ निशुल्क हुने, पैसा नलाग्ने ( भिडियो सहित )
गत हप्ताको नो एलिमिनेसन एपिसोडपछि सामाजिक सञ्जालमा देखिएका दर्शकका गुनासा सम्बोधन गर्न आयोजकले आइडलको एपमार्फत निशुल्क भोटिङको व्यवस्था गरेको हो। आयोजकले नेपाल आइडलको आधिकारीक फेसबुक पेज मार्फत यस्तो जानकारी दिदै नेपाल आइडलको एप डाउनलोड गरेर मन लागेका प्रतिस्पर्धीलाई पाँच पल्टसम्म भोट गर्दा पैसा नलाग्ने यस्तो बताएको हो।
नेपाल आइडलमा अहिले चार प्रतिस्पर्धी रहेका छन्। आउँदो शुक्रबार बुद्ध लामा, निशान भट्टराई, प्रताप दास, सागर आले मध्ये एक जना प्रतिस्पर्धी बाहिरे छन्। नेपाल आइडलको समापन सेप्टेम्बर २२ मा कतारमा हुने आयोजकले यस अघि नै जानकारी दिइसकेको छ।
साथै कार्यक्रमका बारेमा गुनासा तथा जिज्ञासा राख्दा सभ्य र शिष्ट भाषाको प्रयोग गरी आफ्नो सही व्यक्तित्व प्रस्तुत गर्न समेत आयोजकले सबैमा आग्रह गरेको छ।
नेपाल आइडल लेख्छ:
गत हप्ताको नो एलिमिनेसन एपिसोड फरमेट बमोजिमनै भए पनि एसएमएस भोटिंगमा यहाँहरुले खर्च गर्नु भएको पैसा र सम्बन्धित प्रतिस्पर्धीहरुले पाएको गत हप्ताको भोट यस हप्ता प्राप्त भोटसँगै गणना हुने विदितै छ । यसबारेमा सामाजिक संजालहरुमा देखिएको जिज्ञासाका बारेमा फ्रिमेन्टल मिडियालाई अवगत गराएपछि उठेका गुनासा सम्बोधन गर्न विशेष व्यवस्था गदै चलिआएको SMS व्यवस्थाकासाथै नेपाल आईडलको एपमार्फत नेपालभित्रै बाट निशुल्क भोटिंगको व्यवस्थासमेत गरेको छ । यसका लागि भोट गर्नुपूर्व ईच्छुक दर्शक महानुभावहरुले नेपाल आईडलको एप डाउनलोड गर्न सक्नु हुनेछ र आफ्ना मनपर्ने प्रतियोगीलाई एक लग इन आइडिबाट ५ भोट निशुल्क गर्न सक्नु हुनेछ । केही गुनासा भए सभ्य भाषामा व्यक्त गरौ तर नेपाली च्यानल र नेपालमा बनेका स्तरीय शो बन्द गराएर विदेशी परनिर्भताकालागी समाज बिगार्ने बाट जोगियौ.
