सागर आउट भएपछी बुद्ध,प्रताप र निशानलाई फर्काइदैछ आ-आफ्नो घर
नेपाल आइडल आज को दिन सम्म आइपुग्दा यसलाई नहेर्ने र यसबारेमा थाहा नहुने नेपाल मा को होला । हजारऔ प्रतिस्पर्धी बाट छनिएर पहिले टप १८ र तेस्पछी टप १२ अनि अहिले नेपाल आइडल पुगेको छ टप ३ मा ।
नेपाल आइडल आज्को यो स्थान सम्म आइपुग्दा धेरै हन्डर र अबरोध सम्म को स्थिती को सामना गर्नु परेको तितो अनुभव छ नेपाल आइडल सँग ।
यि सबै का बिच पनि उत्कृष्ट ४ सम्मको यात्रा तय गरिसकेको नेपाल आइडलले यो हप्ता मात्र सबै को मन मा बस्न सफल सागर आले लाई गुमाउनु परेको छ । गएको शुक्रबार एलिमिनेसन डे मा निकै दुख मान्दै नेपाल आइडल को त्यो मन्च नरमाइलो र नमिठो बन्यो ।
टप ३ मा पर्ने र नेपाल आइडल का प्रबल दाबेदार मानिएका सागर एलिमिनेट हुनु सबै का लागी पत्याउन नशकिने खबर बन्यो । सबै भाबुक हुँदै सागर नेपाल आइडल बाट बिदा भए ।
अहिले टप ३ मा पर्न सफल प्रतिस्प्रधी रहेका छन निशान भट्टराई, प्रताप दास र बुद्ध लामा, जस्लाई नेपाल आइडल ले कडा सुरक्षा घेरा मा सबै लाई आ-आफ्नो घर फर्काइदै छ ।
नेपाल आइडल बन्द भएर घर फर्कैएको भने हैन, अब आउने नेपाल आइडल को एपिसोड आफ्नो कार्यक्रम को फर्म्याट अनुसार नै घर फर्काउन लागेको हो ।
लगभग चार महिना सम्म परिवार बाट टढा रहेका यि ३ प्रतिस्पर्धी लाई अहिले आफ्नो परिवार सँग भेट गर्ने मौका मिलेको छ । ग्र्यन्ड फिनाले का लागी यि तीन जना नेपाल आईडल टिम सहित कतार जानेछ ।
नेपाल आईडल को ट्याग कस्ले पौला भन्ने धेरैले धेरै अड्कल गरेपनी त्यो कुरा को थाहा भने सेप्टेम्बर २२ मा हुने कतारमा हुने प्रतिस्प्रधाको दिनमा नै थाहा हुनेछ ।
तर जस्ले जिते पनि सबै उत्तिकै राम्रो र दाबेदार नै छन ।
तेस्रो स्थानमा पुग्ने ले दस लाख, दोश्रो स्थानमा पुग्ने ले पन्द्र लाख र प्रथम स्थानमा पुग्नेले बिस लाख सहित महेन्द्र के यु बि गाडी अनी पन्द्र लाख रुपैया बराबरको एल्बम कन्ट्र्याक प्राप्त गर्नेछ ।
अब को हप्ता कुनै प्रतिस्पर्धी पनि एलिमिनेट नहुने भएको ले अब को एपिसोड भने भिन खाल्को हुनेछ । सेप्टेम्बर २२ भन्दा अगाडिका एपिसोडहरु मा टप ३ प्रतिस्प्रधीहरु निशान भट्टराइ, प्रताप दास र बुद्द लामाको घर सम्मको यात्रा र उनिहरु घर पुगिसकेपछीको बिबिध गतिबिधी हरुलाई नेपाल आइडल ले प्रस्तुत गर्ने छ । जुन नेपाल आइडल को आफ्नो फर्म्यट अनुसार कै हो ।
दुइ हप्ता पछी नेपाल ले आफ्नो पहिलो नेपाल आइडल पाउने छ । को बन्ला पहिलो नेपाल आइडल त्यो त समय ले नै बताउला ।
