'छक्का पञ्जा २'को ब्यापार आक्रामक: पहिलो नै दिन १ करोड ६० लाख कमायो
Loading...
प्रदर्शनमा आएको चलचित्र छक्का पञ्जा–२ देश भरिका सम्पूर्ण हलहरुमा हाउसफूलको व्यापार गरेको छ ।मुलुकका १ सय १० पर्दाबाट प्रदर्शनमा आएको यो बहुप्रतिक्षित छक्का पञ्जा–२ ले एक दिनको कलेक्सनमा सम्पूर्ण रेकर्ड आफ्नो नाममा गरेको छ।
राजधानीका गोपी, अष्ट, गुण, बाराही लगायत हलहरुमा ‘छक्का पञ्जा २’ को चार वटा पर्दा समेत हाउसफूल भएका थियो । मल्टिप्लेक्सकको सम्पूर्ण सो हाउसफूल भएको छ।
यता राजधानी बाहिरको पनि सम्पूर्ण हल हाउसफूल भएको छन् । राजधानीमा ९१ लाख बराबरको कलेक्सन चलचित्रले गरेको छ, भने राजधानी बाहिर मोफसलबाट ६९ लाख ग्रस कमाइ भएको विवरण प्राप्त भएको छ।
अहिले सम्म नेपाली फिल्मले एक दिनमा करिब १ करोड ३० लाख बराबरको कलेक्सन गरेको थियो भने हिन्दि चलचित्र बहुबालीले करिब १ करोड ५० लाख को हाराहारी कलेक्सन गरेको थियो । दीपाश्री निरौला निर्देशित चलचित्र छक्का पञ्जा–२ भने १ करोड ६० लाख बराबरको व्यापार गरेर सबै रेकर्ड आफ्नो नाममा लेखाएको हो ।
यस भन्दा अघी लुट २ को डेढ करोड ग्रसको ओपनिङ रेकर्डलाई समेत छक्का पन्जा २ ले उछिनेको हो । शुक्रबार देशभरका सबैजसो हल हाउसफूल रहे भने 'छक्का पञ्जा २'लाई दशै बिदाको फाइदा समेत पुग्ने देखिन्छ । अधिकान्स दर्शक ले मन पराएको चलचित्र छक्का पन्जा २ लाई दर्शकको बलियो वर्ड अफ माउथ पब्लिसिटी प्राप्त भएको छ, जस्ले गर्दा आगामी दिन मा पनि यस्को दर्शक अझ बढ्ने अनुमान गरिएको छ । आगामी दिन मा पनि छक्का पन्जा ले जस्तै यस चलचित्र ले पनि आम्दानी को रेकर्ड राख्ने मा कुनै सन्का छैन ।
चलचित्रले चितवनमा अहिले सम्मकै नेपाली हिन्दि चलचित्रको रेकर्ड ब्रेक गर्दै करिब १६ लाख बराबरको कलेक्सन गरेको छ । गत बर्ष प्रदर्शनमा आएको छक्का पञ्जाले करिब १७ करोड बराबरको व्यापार गर्दै सम्पूर्ण रेकर्ड आफ्नो नाम गरेको थियो ।

‘छक्का पञ्जा २’लाई पनि दिपाश्री निरौलाले निर्देशन गर्नु भएको हो ।चलचित्र ‘छक्का पन्जा २’ दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल,स्वस्तिमा खड्का, स्वरूप पुरुष ढकाल शिवहरी पौडेल, वुद्धि तामाङ, प्रियंका कार्की, किरण केसी, बर्षा राउत, निश्चल बस्नेत लगायतका कलाकारहरुको मुख्य भूमिका रहेको छ ।
चलचित्रमा पटकथा तथा संवाद दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल र अभिमन्यू निरवीले लेखेका हुन् । दीपक-दीपाको प्रस्तुतीमा तयार भएको यो चलचित्रमा मा जीतु नेपाल, माग्ने बुढो डट कम, ताराचन्द्र चापागाँई, सुमन गिरीको लगानी रहेको छ ।विकास आचार्य चलचित्रका कार्यकारी निर्माता हुन् ।
Loading...

No comments