अन्तिम पटक खुल्दै अमेरिकन डिभी, अक्टोबरमा डिभी लोटरी २०१९
Loading...
सपनाको शहर अमेरिका को ग्रीन कार्ड यो बर्ष पनि खुल्ने भएको छ । सायद अन्तिम पटक । हरेक बर्ष लाखौ मानिस हरु जाने अमेरिकामा ट्रम्प सरकारमा आउने बित्तिकै यो नियम बन्द गर्ने घोषणा गरेको थियो । बर्सेनी लाखौ मानिस हरु आउँदा अमेरिकन नागरिक हरुको रोजगार गुमेको र अमेरिकान नागरिक हरु अल्पमत मा पर्न थलेको भनेर चालिएको यो कदम यो बर्ष भने लागु नहुने देखिएको छ । तेसैले यो बर्ष अक्टोबर महिना को पहिलो साता तिरा डिभी लोटरी खोल्ने भएको हो ।
अमेरिकी संसदले सेप्टेम्बर मसान्तभित्र यससम्बन्धि विधयेक पारित गर्न नसकेपछि डिभी लोटरी, रोजगारमा आधारित ग्रिनकार्ड र दाजुभाई तथा दिदीबहिनीहरुले समेत पाउने पारिवारिक ग्रिनकार्डको अवधि एकबर्ष लम्बिएको हो ।
आर्थिक बर्ष २०१८ भित्र संसदमा रहेको यससम्बन्धि विधयेक पारित भएमा सन् २०१८ को अक्टोबर १ बाट डिभी लोटरी खारेज हुनेछ भने रोजगारमा आधारित ग्रिनकार्डको प्रकृया समाप्त भई प्वाइन्ट सिस्टम लागु हुनेछ । त्यस्तै अहिलेसम्म अमेरिकी नागरिकता प्राप्त गरिसकेकाहरुका दाजुभाई र दिदीबहिनीहरुले पाउदै आएको ग्रिनकार्डको नियम पनि खारेज गरिनेछ ।
सम्भवत अन्तिम डिभी
नयाँ कानुन बन्न नसकेपछि आगामी अक्टोबरको पहिलो साता डिभी लोटरी खुल्ने भएको हो । तर यो डिभी लोटरी नै सम्भवत अन्तिम डिभी लोटरी हुने कानुन व्यवसायीहरु बताउछन । विगत केहीबर्ष देखि नै डिभी लोटरी खारेज हुने चर्चा चल्दै आएपनि यो बर्ष भने आर्थिक बर्ष सन् २०१९ का लागि डिभी लोटरी खुल्ने भएको छ ।
गतबर्ष अक्टोबर ४ मा खुलेको डिभी लोटरीमा अक्टोबर ७ सम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो । अहिलेपनि त्यही आसपासमा डिभी लोटरी खुल्ने भएको छ ।
त्यसको परिणाम सन् २०१८ को मे महिनाको पहिलो साताबाट आउन थाल्नेछ भने विजेताहरुले सन् २०१८ को अक्टोबरबाट अर्थात् आर्थिक बर्ष २०१९ सुरु हुनासाथ भिसा पाउन सुरु गर्नेछन् । उनीहरुले सन् २०१९ को सेप्टेम्बरको अन्त्यसम्म भिसा पाउनेछन् । त्यसपछि भने डिभी लोटरी कार्यक्रम सधैका लागि अन्त्य हुनसक्ने जनाइएको छ ।
Loading...

