‘मिस्टर झोले’ को ‘कभर भिडियो कम्पिटिसन’ क्रिष्टल क्लजले जित्यो
चलचित्र ‘मिस्टर झोले’ ले आयोजना गरेको ‘कभर भिडियो कम्पिटिसन’को विजेता घोषणा गरेको छ । सोमवार राजधानीमा एक कार्यक्रमका बीच निर्माण पक्षले ‘ओखती’ बोलको गीतमाथी बनाइएका भिडियोमध्येबाट उत्कृष्ट ३ डान्स ग्रुपलाई पुरस्कार प्रदान गर्यो । यस चलचित्र पुष २८ गतेबाट देशैभर प्रदर्शनमा आउन लागेको छ ।
‘मिस्टर झोले’ टीमले डान्स र ड्रामा दुवै विधामा कम्पिटिसन आव्हान गरेको थियो । निर्देशक रामबाबु गुरुङले ‘ओखती’ बोलको कभर भिडियो कम्पिटिसनका लागि २५ भिडियो प्राप्त भएको र त्यसमध्येबाट उत्कृष्ट ३ भिडियोलाई विजेता छानिएको बताए ।
सिनेमा आर्ट र टेकेन खड्का प्रोडक्सनको व्यानरमा निर्मितयो फिल्मलाई टेकेन खड्काले निर्माण गरेका हुन् । कालीप्रसाद बाँस्कोटा र सुजेन कार्कीको संगीत रहेको चलचित्रमा रवि न्यौपानेको छायांकन, निमेष श्रेष्ठको सम्पादन र विक्रम स्वारको कोरियोग्राफी छ ।
रामबाबु गुरुङको कथा र निर्देशन रहेको फिल्ममा दयाहाङ राई, वर्षा राउत, दीया पुन, पुस्कर गुरुङ, बुद्दी तामाङ, प्रवीण खतिवडा, अरुणा कार्की, कमलमणि नेपाल लगायतका कलाकारको अभिनय छ ।

No comments