ताजा खबर

धरानमा जन्मियो दुई टाउका र ४ हात भएको अनौठो बच्चा


सुनसरीमा एक महिलाले दुई टाउको र चार हात भएको बच्चालाई जन्म दिएकी छन् । धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्त्री तथा प्रसुती विभागमा सोनम मण्डलले उक्त बच्चालाई जन्म दिएकी हुन् ।सोनमको पेट चिरेर शल्यक्रिया गर्दा चार हात, दुई टाउको र दुई खुट्टा भएको बच्चा जन्मिएको थियो ।
छोरीका रुपमा शिशुको पेट र छाती टाँसिएको तर चार हात, दुई टाउको, दुई खुट्टा र एउटै यौनाङ्ग भएको नवजात शिशु जन्मेको र जन्मेको २४ घण्टा पछि उक्त शिशुको मृत्यु भएको बताइएको छ ।
चिकित्सकहरुले नली हालेर स्वासप्रस्वास सहज बनाउन खोजेपनि परिवारले नमान्दा शिशुको निधन भएको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

No comments