ताजा खबर

अनमोल केसीको नयाँ चलचित्र ‘कृ’ को ट्रेलर सार्वजनिक (भिडियो सहित्)


अनमोल केसीको अभिनय रहेको बहुप्रतिक्षित चलचित्र ‘कृ’को ट्रेलर शुक्रबार राजधानीमा एक कार्यक्रमको बिच सार्वजनिक गरिएको छ। चलचित्रको ट्रेलरमा अनमोल लाई लामो कपालमा एङ्ग्री अवतारमा देख्न सकिन्छ ।

केही वर्ष अगाडिसम्म क्यूटनेश मात्र बेचेर स्टार भएको अनमोलले ‘कृ’ बाट भने सोचेजस्तै तारिफ पाउने पक्का छ । 'होस्टेल', 'जेरी', 'ड्रिम्स' र 'गाजलु'मा लभ व्वाईको भूमिकामा प्रस्तुत भएका अनमोलले ‘कृ’मा भने एक्सन र अंग्री रोल गरेर खतरनाक स्टन्टहरु समेत दिएका छन् । ट्रेलरबाटै फिल्मले बक्स अफिसमा राम्रै नतिजा ल्याउने छनक देखाएको छ । 
चलचित्रमा अनमोल सगै नायिका अदिती बुढाथोकी पनि रोमान्टिक अवतारमा देखिएकी छिन् । चलचित्रमा अनमोल केसी, अदिती वुढाथोकी, सरोज खनाल, अनुप विक्रम शाही लगायतका कलाकारको मुख्य भूमिका छ ।


माघ २६ गतेबाट प्रदर्शनमा आउन लागेको ‘कृ’लाई सुरेन्द्र पौडेलको निर्देशन गरेका छन भने  पुरुषोत्तम प्रधानको छायांकन, चन्द्र पन्तको एक्सन रहेको छ । सुवास इन्टरटेन्मेन्ट प्रालिको निर्माणमा बनेको चलचित्रलाई द सुपर काजोल फिल्मस्ले प्रस्तुतिमा । सुवास गिरी र भूवन केसीले निर्माण गरेका हुन् कमल गिरी कार्यकारी निर्माता रहेको छ ।

No comments