यसरि फेसबुक चलाए सुरक्षित भइन्छ
Loading...
करोडौ मानिस आफ्नो मोबाइलमा फेसबुक प्रयोग गर्छन् र लाखौं प्रयोगकर्ता हरु लग आउट समेत गर्दैनन् । अहिले धेरै व्यापार–व्यवसाय फेसबुकमार्फत चलेका छन् । सूचना प्रविधिको को बढ्दो विकास संगै मानिसहरु फेसबुक प्रयोग गरी कल तथा सन्देश आदान प्रदान गर्ने गरेका छन् । फेसबुकका सयौ गुण भए पनि मानिसहरूले कहिले कहीँ अप्ठ्यारो पनि भोग्नुपरेको छ जसले गर्दा अमूल्य समय बर्बाद त भएकै छ गोपनीयता समेत भंग हुने गरेको छ ।
१. काम सकिएपछी फेसबुक लग आउट गर्ने
प्राय जसो धेरै प्रयोगकर्ता हरु फेसबुक लग आउट गर्ने गर्दैनन । आफ्नै मोबाइल या कम्प्युटर त होनी भनेर फेसबुक लग आउट गर्दैनन । यस्तो गर्नु हानिकारक हुन सक्छ । यदी तपाइ को मोबाइल या कम्प्युटर अरु को हातमा परे जस्ले जे पनि लेख्न सक्छन । तेस्को जिम्मेबारी तपाइ माथी आउछ । तेसैले काम सकिएपछी फेसबुक लग आउट गर्नु पर्छ ।
यदी तपाइ कुनै साथिको मोबाइल या कम्प्युटरबाट फेसबुक चलाउनुभएको छ, बेटरी सकियो र अफ भयो । अब के गर्ने ? तपाइको सुरक्षा जोखिममा पार्न सक्छ र समस्यामा समेत।
धन्य फेसबुकले कुनै पनि एउटा कम्प्युटर या मोबाइल बाट ती सबै लग आउट नगरिएका डिवाइस लग आउट गर्ने सुबिधा दिएको छ । यसो गर्न सेटिङमा जानुहोस् अनि सेक्युरिटी एण्ड लगिंग क्लिक गर्नुहोस् । त्यहाँ अहिलेसम्म जुन–जुन उपकरणबाट फेसबुक चलाउनु भएको छ सबै हेर्न सकिन्छ अब लग आउट अफ अल सेसन गर्नुहोस् ।
२. अपरिचित फ्रेन्ड रिक्वेस्ट एसेप्ट नगर्ने फेसबुक मा करोडौ अरबौ मानिस हरु छन । सबै राम्रा पनि छैनन सबै नराम्रा पनि छैनन । सबै को फेसबुक चलाउने आफ्नै तरिका र उदेस्य हुन्छ । हरेक फ्रेन्ड रिक्वेस्ट साथी र परिचित ले नै पठाउछ भन्ने छैन तेसैले ध्यान दिनु पर्छ । तपाइले हर कसैको फ्रेन्ड रिक्वेस्ट स्विकार गर्दा तपाइ लाई खतरा हुन्छ । तपाइ लाई साथी बनाएर तपाइ को गोप्य सुचना चोर्ने, तपाइ को नाममा ठगी पनि गर्न सक्ने हुन्छ । यती मात्र हैन तपाइ लाई झुक्याएर य तपाइ अकाउन्ट ह्याक गरी बैन्किङ डिटेल पनि चोर्न सक्छ । अहिले लाखौ फ्रड केस इन्टरनेट लाई नै प्रयोग गरी गर्ने गरेका छन । तेसैले फेसबुक मा साथी बनाउनु अघी धेरै बिचार गर्नु जरुरी छ ।
३. आफ्नो टाइम लाइनमा अरूलाई लेख्नबाट रोक्नुहोस्
तपाईं भर्खर फेसबुक चलाउन सिक्नु हुने छिमेकी आन्टी अथवा कलेजको साथीले कुनै उनीहरूलाई मन परेको भिडियो तपाईंको फेसबुक भित्तामा पोस्ट गरेको होस् तर तपाईंलाई त्यो पटक्कै मन नपरेको होस् । कुनै बेला त आपित्तजनक र भ्रामक कुराहरू पनि हुन सक्छन् । कमेन्टहरूमा तितो तर्क बितर्क हुदै कहिले नसोचेको झगडा नै परेको पनि उदाहरण छन् ।
फेसबुकले मानिसहरूलाई आफ्नो टाइम लाइनमा लेख्नबाट सजिलै रोक्न दिएको छ जसले गर्दा आफ्नो फुर्सदको समयमा सामान्य तरिकाले चलाउन सकियोस अनि आफ्नो फेसबुक को भित्ता डिजिटल रद्दीबाट पनि सुरक्षित होस् ।
डेस्कटपबाट यसो गर्न, सेटिङमा जानुहोस् अनि देब्रेतिरको टाइम लाइन एण्ड ट्यागिंग’ मा क्लिक गर्नुहोस्, त्यहाँ इडिट भन्ने बटम हुन्छ त्यसलाई क्लिक गर्नुहोस् । अब ‘हु क्यान पोस्ट अन योर टाइमलाइन’ भन्ने ठाउँमा ओन्ली मी छान्नु पर्ने हुन्छ । यसो गर्नाले तपाईंको वालमा कसैले केही पोस्ट गर्न सक्दैनन् ।.
तपाईले अटोमेटिक पोस्ट ट्यागिंगलाई समेत यहाँबाट अफ गर्न सक्नुहुन्छ र यसो गर्नाले तपाईंले अनुमोदन नगरी त्यो पोस्ट तपाईंको फेसबुक भित्तामा आउँदैन ।
४. पोस्टको अनाबस्यक नोटिफिकेसन बन्द गर्ने
सोच्नुहोस् कि तपाईं आफ्नो साथीको कुनै पोष्टमा ट्याग हुनुहुन्छ र त्यस साथीको अरू धेरै साथीहरू पनि छन् । अब हरेक सेकेन्डमा तपाईंले नोटिफिकेसन पाइरहनु भएको हुन्छ किनभने तपाईंको साथीको पोस्टमा अरू साथीहरूले कमेन्ट गर्दै छन् र कमेन्ट भित्र जवाफ पनि फर्काउँदै छन्, अब यति धेरै नोटिफिकेसन आउँछ कि तपार्इं अाित्तनु हुनेछ । यदि ती सबै मानिस तपाईंले चिन्नुभएको छैन भने त झर्को नै हुन्छ. त्यसैले तपाईंले यस्ता किसिममा नोटिफिकेसन बन्द गर्न सक्नुहुन्छ ।
त्यसका लागि उक्त पोष्टमा जानुहोस् र दाहिने पट्टीको कुनामा भएको एरो क्लिक गर्नुहोस् । त्यहाँ भएको टन अफ नोटिफिकेसन फर दिस पोष्ट छान्नुहोस् । यो दुवै डेस्कटप र मोबाइल भर्जन मा गर्न मिल्छ ।
५. आफ्ना तस्बिर सार्वजनिक छन् कि छानबिन गर्नुहोस्
फेसबुक प्राय: फोटो ट्यागमा होसियार नै छ. यदि कसैले तपाईंको फोटो ट्याग गर्यो भने तपाईंले त्यसको सूचना पाउनु हुन्छ र तपाईसँग त्यो ट्याग हटाउने विकल्प पनि हुनेछ । कहिलेकहीँ अनलाइन गतिविधिको उत्तेजनामा तपाइले ट्याग भएको पत्तो पनि पाउनु हुन्न तर सार्वजनिक रूपमा हामी सबैले देखिने गरि फेसबुक मा देखिसकेका हुन्छौं । फोटो हेरेर हामी त्यसलाई मेटाउन पनि सक्छौं ।
कुन–कुन फोटोमा ट्याग भएको हेर्न आफ्नो ‘एक्टिभीटि लग’ मा जानुहोस् अनि देब्रेतिरको फोटोज्मा क्लिक गर्नुहोस् त्यसपछि ‘फोटो अफ यु’ मा क्लिक गर्नुहोस् ।
अब यहाँबाट धेरै काम गर्न सकिन्छ. सेयेर्ड विथ बटममा पब्लिक छान्नु भयो भने तपाईंको सबै सार्वजनिक फोटो देखिनेछ । यी सबै फोटोहरू तपार्इं लुकाउन सक्नुहुन्छ वा रिपोर्ट पनि गर्न सक्नुहुन्छ ।
६. गोप्य सन्देश फोल्डर हेर्नुहोस्
फेसबुकको एउटा रहस्यमय पाटो भनेको म्यासेज रिक्वेस्ट फोल्डर हो, धेरै जसो फेसबुक प्रयोगकर्तालाई यस विषयमा पत्तो हुँदैन । हाम्रो सामान्य मेल बक्सको जंक फोल्डर जस्तै फेसबुकले धेरै नचाहिने सन्देश छान्ने काम गर्छ ।
यहाँ फेसबुकमा साथी नभएका तर आफूले चिनेका मानिसहरूको सन्देश पनि आउँछ जसले तपाईंको जवाफ कुरेर बसेको धेरै भएको हुनसक्छ त्यसैले कहिले काहीँ यसको जाँच गर्नु राम्रो हुन्छ ।
यसो गर्न आफ्नो म्यासेज मा क्लिक गर्नुहोस्, दाहिनेतिर सेटिङको जस्तो लोगो देख्नु हुनेछ त्यसमा क्लिक गर्नुहोस् म्यासेज रिक्वेष्ट देख्नुहुनेछ अब त्यसलाई क्लिक गर्नुहोस् । यहाँ सबै सन्देशहरू हुन्छन्, यदि कुनै पुरानो साथीको म्यासेज देख्नु भयो भने खुसी हुनुहुनेछ ।
Loading...

No comments