जोर्डनसँग श्रम सम्झौता हुँदै, न्युनतम तलब र अन्य सुबिधा के-के ?
Loading...
श्रम सम्झौताको लागि मुख्य मानिएको तलब बारे भने नेपाल सरकारले कुनै उल्लेख गरेको छैन । तर तलब तथा नेपाली कामदारलाई दिने सेवा सुबिधा तथा तलब सम्बन्धि मस्यौदा जोर्डन सरकारले तोके बमोजिम हुने बताइएको छ ।
नेपाली कामदारहरुको लागि जोर्डनका कम्पनीहरुले निकै न्यून तलब तोक्ने गरेका छन् । यसै कारण पनि जोर्डनलाई कम तलब दिने मुलुकको रुपमा चिन्ने गरिन्छ । श्रम सम्झौतामा न्युनतम तलब नतोक्दा नेपाली कामदारहरु ठगिने सम्भावना हुन्छ । यसै कारण पनि जोर्डनसंगको श्रम सम्झौता प्रभावकारी नहुने बताइएको छ ।
यो पनि पढ्नुस्:
नेपालले असोज अन्तिम साता जोर्डनसँग श्रम सम्झौताको तयारी गरेको छ । महिला कामदारको मुख्य गन्तव्य मानिने जोर्डनमा बिशेष गरि गार्मेन्ट उ
द्योगमा नेपाली कामदारको माग धेरै छ । श्रम सम्झौतापछि त्यहाँ घरेलु महिला कामदार पनि जान पाउनेछन् ।
जोर्डनले अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ)सँग बसेर काम गरिरहेकोले पनि नेपाली कामदारहरुको लागि राम्रो हुने सरकारको विश्लेषण छ ।
तलब बारे नेपाल लचिलो बनेपनि जोर्डन सरकारको नीति बमोजिम तलब तथा सेवा सुबिधा तोकिने हुनाले समस्या नहुने नेपाल पक्षका अधिकारीहरुको बुझाई छ । त्यस्तै श्रम सम्झौता पछी नेपालबात जोर्डन जाने कामदारहरुलाई फ्री भिसा–टिकट र २४ घण्टे बीमा सुबिधा पनि उपलब्ध गराईने छ । त्यस्तै, करार अवधिभर कामदारलाई २४ घण्टे स्वास्थ्य तथा दुर्घटना बीमा सुविधा उपलब्ध गराउन पनि जोर्डन सहमत भएको बताइएको छ ।
Loading...

No comments