ताजा खबर

नेपाल आइडल धरापमा, निर्देशकले दिए राजिनामा, अब नेपाल आइडल होला यो नहोला

Loading...


नेपाल कै सबै भन्दा ठुलो गायन रियालिटी शो नेपाल आइडल हो भन्ने कुरा कस्लाई थाहा नहोला । सबै भन्दा बढी पुरस्कार रासी सहित सर्बाधिक चर्चा मा रहेको नेपाल आइडल ले इतिहास रच्यो । हजारौ प्रतिस्पर्धी बाट छानेर नेपाल आइडल बनेका बुद्ध लामा पहिलो नेपाल आइडल हुन  सफल भए । निशान दोश्रो र प्रताप दास तेस्रो हुन सफल भए । यि सबै ले नाम र दाम सबै कमौन सफल भए । चौथो हुन सफल सागर आले सहित टप १० मा परेका सबै अहिले स्टेज शो तथा गित निकाल्न मा ब्यस्त छन । नेपाल आइडल ले सबै लाई रातारात स्टार बनाएको छ ।  यो त थियो नेपाल आइडल को पहिलो सिजन्, जुन भर्खर मात्र सकिएको छ । यि सबै को पछाडी हात थियो त निर्देशक लक्ष्मण पौडेलको । पर्दा पछाडी बाट उन्को कै निर्देशन मा यि सबै नेपाल आइडल बन्न सफल भएका  थिए । अबको  अर्को सिजन नेपाल आइडल हुने या नहुने अनिस्चित देखिएको छ । अहिले सम्म पर्दा पछाडी बसेर पहिलो नेपाल आइडल लाई सफल बनाउने निर्देशक लक्ष्मण पौडेलले राजिनामा दिएका छन ।



नेपाल आइडल जस्तो ठुलो कार्यक्रम सम्पन्न गरेका उन्ले काम अनुसार को सही सम्मान र मुल्याकंन नभएको र संस्थामा काम गर्ने सहज वातावरण नभएको भन्ने हल्ला बिभिन्न मिडिया ले गरेकोले उनि दुखी बनेका छन ।

नेपाल आइडलका लागी लामो समय सम्म लगातार काम गर्दा केही "महत्त्वपूर्ण काम" र "परिवारिक समय" छुटेकोले आफुले नेपाल आइडल को पद बाट राजिनामा दिएको कुरा खोलेका छन ।

उन्को राजिनामा सँगइ अब नेपाल आइडल के हुन्छ भन्ने कुरा चर्चा को बिसय बनेको छ । बिभिन्न बाधा र अड्चन बिच पनि जसरि उन्ले नेपाल आइडल को पहिलो सिजन लाई सफल बनाएर देखाए अब को अर्को सिजन के होला त ? लुकेका गायन प्रतिभा खोज्ने भनेर भित्र्याइएको अन्तराटिर्य फ्रेन्चाईज शो नेपाल आईडल कार्यक्रम नै बन्द नै होला त । य नेपाल आइडल ले अब नयाँ निर्देशक पाउला ।

हाम्रो मान्यता अनुसार यती दुख गरेर भित्रैएको नेपाल आइडल बन्द भने कुनै पनि हालत मा हुनु हुँदैन, निरन्तर गायन प्रतिभाको खोजी मा लागी नै रहनु पर्छ । अब आउने नयाँ निर्देशक को बन्ला, नेपाल आइडल को अर्को सिजन होला या नहोला । के नेपाल ले अब फेरी नयाँ बुद्ध लामा पाउला त । यो सबै प्रश्न को जवाफ त अब आउने दिन ले नै दिनेछ ।

Loading...

No comments