ताजा खबर

भारतीय अदालतको आदेश पछी रिहा भए देवनारायण

Loading...


एक सातादेखि भारतीय जेलमा रहेका दशगजा आन्दोलनका अगुवा सप्तरी तिलाठीका देवनारायण यादव रिहा भएका छन् । बुहारी ज्योतिकुमारीले दिएको बयानका आधारमा भारत बिहारको वीरपुरस्थित अनुमण्डलीय व्यवहार न्यायालयले यादव बाबु–छोरालाई साधारण तारेखमा रिहा गर्न शनिबार आदेश दिएको हो ।
यो पनि पढ्नुस्:

१६ बर्से किसोरी लाई नाङ्गो बनाएर बलात्कार गर्न दियियो आदेश 
कोरियामा ज्योती मगरको यस्तो चर्तिकला ( भिडियो )
सागर माथी षड्यन्त्र गरी करियर सिध्याउन खोज्नेलाई LIVE आएर सागरले दिए जवाब
खाडी मुलुकमा अाफ्नो सञ्जाल नै बनाएर नेपालीहरु ठग्ने यस्ता गिरोह सक्रीय 
# दौरा सुरुवाल ढाका टोपी लागाइ नेपाली पुगे चाइनिज आइडलमा  गित गाउन

चार दिनदेखि भारतीय न्यायालयमा जारी रहेको बहसलाई शनिबार सहायक न्यायिक अधिकारी अभिषेक रञ्जनको एकल इजलासले टुंग्याउँदै दुवैलाई रिहा गर्न आदेश जारी गरेको हो । अपहृत भनिएकी भारत कुनौलीकी ज्योतिकुमारीले आफ्नो अपहरण नभएको र यादवका छोरा अजयसँग राजीखुसी प्रेम विवाह गरी उनकै घर (तिलाठी) मा बस्दै आएको बयान दिएकी थिइन् । त्यसपछि यादव बाबु–छोरालाई रिहा गर्न आदेश दिएको यादवका भारतीय अधिवक्ता प्रभाकर सिंहले टेलिफोनमा बताए ।
यादव बाबुछोराविरुद्धको मुद्दा टुंगिन बाँकी
अदालतले यादव बाबु–छोराको मुद्दा अझै टुंग्याएको छैन । ज्योतिकुमारीका दाजुले भारतीय प्रहरीमा यादव परिवारमाथि दिएको अपहरणसम्बन्धी मुद्दाको अनुसन्धान जारी राख्न भारतीय प्रहरीलाई निर्देशनसमेत दिएको छ । ‘ज्योतिकुमारीले भागेर र भगाएर विवाह गरेका वेला उनी बालिग थिइन् कि नाबालिग, यसको अनुसन्धान गर्न अदालतले प्रहरीलाई भनेको छ,’ अधिवक्ता सिंहले नयाँ पत्रिकासँग भने, ‘अब प्रहरीले अदालतमा बुझाउने अन्तिम प्रतिवेदनको आधारमा मुद्दाको फैसला हुनेछ ।’ सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिंहले भारतीय अदालतको आदेशमा यादव बाबु–छोरा साधारण तारेखमा रिहा भएको जानकारी दिँदै दुवैजनालाई नेपालतर्फ ल्याउने काम भइरहेको जानकारी दिए ।
यसरी पक्राउ परेका थिए यादव बाबुछोरा
१४ असोज राति सीमावर्ती भारतीय बजार कुनौलीमा भइरहेको नाचगान हेर्न पुगेका देवनारायणका छोरा अजयसहित तीनजना नेपाली युवालाई प्रहरीले पक्राउ ग¥यो । पक्राउ परेका तीनमध्ये दुईजनालाई भारतको कुनौली थानाका अधिकारीले १५ असोजमै रिहा ग¥यो । तर, यादवका छोरा अजयमाथि अपहरणसम्बन्धी मुद्दा रहेको भन्दै रिहा गरिएन ।
छोरालाई भारतीय प्रहरीले रिहा नगरेपछि १५ असोजमा कुनौली थाना पुगेका यादवलाई सबइन्सपेक्टर विनोदकुमार यादवले कुटपिट गर्दै पक्राउ गरी सोही दिन साँझ वीरपुरस्थित भारतीय जेल चलान गरेका थिए । स्रोतका अनुसार यादवसँग छोरालाई छाड्न भारतीय प्रहरीले ५० हजार रुपैयाँ घुस मागेको र दिन नमानेपछि गालीगलौज गर्दै कुटपिट गरेको थियो ।
इस्यु त दशगजा प्रकरणै हो : तिलाठीवासी
१३ साउन ०७३ मा खाँडो खोलाको मुहान बन्द हुने गरी भारतले दशगजामा बाँध निर्माण थालेपछि देवनारायण यादवको अगुवाइमा तिलाठीवासीले आन्दोलन गरेका थिए । तिलाठी र कुनौलीवासीबीच कुटाकुट हुँदा यादवसहित एक दर्जन नेपाली घाइते भएका थिए । ‘अपहरणको मुद्दा लगाएर बेइज्जती र दुःख दिने काम मात्रै भारतीय प्रहरीबाट भएको हो,’ तिलाठीका चन्दनकुमार झाले भने ।
नयाँ पत्रीकाबाट 


Loading...

No comments