ताजा खबर

पाँच महिनामा जन्मिएको बच्चा, आमाले सेयर गरिन् हृदयविदारक तस्बिर

Loading...


गर्भमा पूर्ण रुपमा विकसित हुन ९ महिना लाग्ने गर्छ । त्योभन्दा अघि जन्मिएको बच्चालाई ‘प्रिमेच्योर’ भनिन्छ । अमेरिकामा हरेक वर्ष करिब १० लाख भन्दा बढी गर्भवती महिला प्रि–टर्म लेबर वा गर्भपतनको शिकार हुने गर्दछन् । पेन्सिल्वेनियामा बस्ने एक महिला लाई पनि यस्तै परेको छ । उन्ले आफ्नो पिडा ब्लग मार्फत आफ्ना पाँच महिनाको बच्चाको फोटो सेयर गरेर मानिसहरुलाई भावुक बनाइदिएकी छिन् ।


३० वर्षीया एलेक्स फ्रेट्जले १९ हप्तामै आफ्नो तेस्रो बच्चालाई जन्म दिएकी थिइन् । उनले आफ्नो छोराको नाम वाल्टर जाशुआ फ्रेट्ज राखेकी थिइन् । जन्मको केही समयपछि नै वाल्टरको मृत्यु भयो । एलेक्सले आफ्नो ब्लगमा आफ्नो छोराको कथा फोटोसहित सेयर गरेकी थिइन् । त्यसलाई पछि लाखौं मानिसहरुले सेयर गरेका थिए । १९ हप्तामा नै उनलाई प्रसव पीडा सुरु भएपछी उनलाई अस्पताल पुर्याइयो तब डाक्टरले शल्यक्रिया गरेर वाल्टरलाई बाहिर निकाले । समयभन्दा निकै अघि जन्मिएका वाल्टर निकै साना थिए । साथै उनको छाला यति पारदर्शी थियो कि उनको धड्किरहेको मुटु स्पष्ट देख्न सकिन्थ्यो ।

वाल्टर जन्मे लगत्तै डाक्टरले उनलाई एलेक्सलाई दिए । त्यसपछि डाक्टर त्यहाँबाट गए । उनीहरु परिवारले आफ्नो नीजि समय बिताओस् भन्ने चाहन्थे किनभने बच्चासँग धेरै समय थिएन । उनका बुवाले पनि चाँडै नै छोरालाई आफ्नो हातमा राखे । वाल्टरकी दिदीले पनि आफ्नो भाइसँग केही समय बिताइन् ।



Loading...

No comments