पोखराको आकाशमा प्याराग्लाईडिङ दुर्घट्ना, २ जना घाइते
Loading...
पोखरा । पोखराको आकाशमा उड्ने क्रममा प्याराग्लाईडिङ दुर्घट्ना हुँदा २ जना घाइते भएका छन् ।
सराङ्कोटबाट सोमबार पूर्वाहृन करीब ११ बजे उड्ने क्रममा हावाको भुमरीमा पर्दा प्याराग्लाइडिङका पाइलट धर्म गिरी र उनीसँगै प्याराग्लाईडिङ गर्दैगरेकी काठमाडौं दरबारमार्गकी सुस्मा शर्मा घाइते भएका हुन् ।
बुद्ध प्याराग्लाईडिङ कम्पनी अन्तर्गत टेण्डम फ्लाइट गर्दै आएका २५ वर्षीय गिरिले सुस्मालाई उडान गरेका थिए । तर, उडानका लागि हामफाल्ने वित्तिकै हावाको भुमरीमा फस्दा केहिबेरको रस्साकस्सी पछि केही तलको चौरमा खसेका थिए ।
दुर्घटनामा परेका पाइलट गिरिको ढाडमा गम्भीर असर परेको र खुट्टा भाँचिएको बताइएको छ । सुस्माको पनि ढाडमा चोट लागेको छ ।
घाइते सुस्मा शर्मा रेसिडेन्सियल कलेज बानेश्वरमा बीबीए सिक्स सेमेष्टरकी छात्रा हुन् । उनी साथीहरुसँग पोखरा घुम्न आएका बेला प्याराग्लाईडिङ गर्ने क्रममा दुर्घटनामा परेकी हुन् ।
Loading...

No comments