ताजा खबर

यस्तो देखिन्छ कतारको एम्पी थिएटर्, जहाँ हुँदैछ नेपाल आइडलको फिनाले

हेर्नुस यस्तो छ कतारको ग्र्यान्ड फिनाले हुने एम्पी थिएटर 


नेपाल आइडल अहिले यती खेर ग्र्यान्ड फिनाले सम्म पुगिसकेको छ । टप १२ प्रतिस्पर्धिले आफ्नो गायकी देखाउने फिनाले भने नेपाल मा नहुने भएको छ । कतारको एम्पी थिएटर हुन गैरहेको नेपाल आइडल ग्र्यान्ड फिनाले मा दर्शक को क्यापासिटी १६००० जना भनेको हल मा हुँदै छ, जुन नेपाल को कुनै पनि ठाउ मा गर्दा हुने सम्भावना छैन । 

पहिलो पटक भएको नेपाल आइडल मा केहि नयाँ नौलो गर्ने त केहि आकर्षक देखाउने हेतु ले कतारमा गरेको हुनु पर्छ तर पनि यो कदम ले भने नेपाली हरु केहि दुखी भएको महसुस गर्न सकिन्छ ।

धेरै नेपाली दर्शक ले नेपाल आइडल को फिनाले लाईभ हेर्ने आस गरेका थिए तर नेपाल आइडल को यो नियमले दर्शक मा निराशा भने छाएको छ ।

तर जे भने पनि नेपाल आइडलले आफ्नो तरिका ले केहि राम्रै गर्न लागेको छ जस्लाई हामिले स्वागत गर्नै पर्छ ।

नेपाल अाइडलका टप थ्री अष्ट्रेलियामा गुञ्जिदै


सिड्नी र  अष्ट्रेलियाका अन्य केही  सहरहरूमा पहिलो नेपाल आइडल बुद्ध लामा, फस्ट रनरअप निशान भट्टरार्इ र सेकेण्ड रनरअप प्रताप दाससहितको प्रस्तुती हुने भएको छ ।
नेपाली टच अस्ट्रेलियाले नेपाल आइडलका टप थ्रीलाई लिएर अस्ट्रेलियामा कार्यक्रम गर्न लागेको हो ।
सिड्नीमा हुने कार्यक्रम ओलम्पीकपार्क स्पोर्ट्स सेन्टरमा हुँदैछ । जहाँ नेपाली कलाकारले अझसम्म कुनै कार्यक्रम गरेका छैनन् । संभवत यो नै ओलम्पिक पार्कमा पहिलो नेपाली कार्यक्रम हो। एभरेष्ट कम्युनिकेशन मुख्य प्रस्तुती रहने सिड्नीको मुख्य कार्यक्रम डीसेम्बर १ मा  हुने छ।
नेपाल आइडलको अस्ट्रेलियाब्यापी भ्रमण आउदो नोभेम्बर २० देखि डिसेम्बर २५ सम्म रहनेछ।
जुन कार्यक्रम सिडनी संगै ब्रिसबेन ,मेलवर्न, एडिलेड, तास्मानिया, पर्थ, डार्बिन र क्यानबेरामा समेत हुनेछ ।
नेपाल आइडलकी हट इन्दिराको मुस्कान 
इन्दिरा जोशीलाइ धेरैले हट गायिकाको रुपमा चिन्छन् । विशेषगरि, स्टेजमा इन्दिरा जोशीको पहिरन र हाउभाउका कारण उनको चर्चा बढी हुने गरेको छ । उनै, इन्दिरा अहिले ‘नेपाल आइडल’को जज बनेपछि झनै चर्चामा छिन् ।
‘नेपाल आइडल’को जज बनेर उनले प्रतिस्पर्धीको मुल्यांकन गरिरहँदा धेरैले उनको तारिफ गरे त कतिपयले चर्को आलोचना पनि गरेका छन् । इन्दिराको पहिरन स्टाइल सार्वजनिक कार्यक्रममा सधै नै विशेष हुन्छ ।
इन्दिराले गाएका केही गीतमात्र हिट भएका छन् तर उनी त्यही केही गीतका कारण सर्वाधिक चर्चामा छिन् । उनले गाएको चलचित्र ‘ए मेरो हजुर २’को ‘उकालीमा’ बोलको गीत अहिले चर्चामा छ ।



No comments